site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमले ‘गण्डकी’ डेढ वर्ष चलाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एयरलाइन्सले बोइङ विमान ‘गण्डकी’ अब डेढ वर्ष चलाउने भएको छ । २०४४ सालमा खरिद गरिएको नाइनएन एसीबी कलसाइन भएको विमान अन्य दुइटा विमान नआएसम्म उडाउने निगमको तयारी छ । 

१९० यात्रु क्षमताको यो विमानले अहिले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेको छ । नयाँ एयरबस आएपछि भने निगमले यसलाई लिलाम गर्ने जनाएको छ ।  निगमले मर्मत गर्दै यो विमान चलाइरहेको छ । मर्मतका लागि निगमले गत असार ८ मा बोइङ सिंगापुर पठाएको थियो ।  मर्मतपछि यही हप्ता विमान काठमाडौं अवतरण गरेको थियो । 

बोइङ मर्मतमा गएस“गै निगमले उडान भर्दै आएको आठ गन्तव्यमा प्रभावित भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विमान मर्मतका लागि कति खर्च लाग्यो भनेर निगमले खुलाउन चाहेन । “खर्चको विवरण आइसकेको छैन । केही दिनपछि आउँछ होला,” निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने । निगमका विमान महँगो खर्चमा मर्मत हुने गरेको भन्दै ‘सेतो हात्ती’कोउपमा दिएर टिप्पणी हुने गरेको छ ।  

निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । 

Global Ime bank

सन् १९८३ मा पहिलो उडान भर्ने यो सिरिजको विमान उत्पादन भएको चार वर्षपछि निगमले नेपाल ल्याएको थियो । बोइङ कम्पनीले यो सिरिजको विमान उत्पादन १३ वर्षअघि २००४ अक्टोबरदेखि नै बन्द गरिसकेको छ । 

३० वर्षभन्दा पुराना विमान राखेर अन्य वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै निगम अहिले नयाँ विमान खरिदमा जुटेको छ ।“एक वर्षदेखि १८ महिना महिनाभित्र नयाँ एयरबस आएपछि हामी यो बोइङ लिलामको प्रक्रियामा लैजान्छौं,” महाप्रवन्धक कंसाकारले भने । 

यता, अहिले लिलामको प्रक्रियामा रहेको बोइङ७५७–२००–१४ विमान लिलाम गर्ने या नगर्ने निगम अन्योलमा परेको छ । विमान किन्नका लागि टेन्डर हाल्ने कम्पनीले कम मूल्यमा टेन्डर हालेपछि विमान लिलाम गर्ने कि नगर्ने भन्ने मनस्थितिमा पुगेको हो ।

तीन दशक अगाडि १ अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको विमान १४ करोड रुपैयाँमाकिन्नका लागि एक अमेरिकन कम्पनीले प्रस्ताव गरेपछि निगम त्यपतमै उक्त विमान दिने या लिलाम नै नगर्ने भन्नेमा अन्योलमा पुगेको हो । यसबारे निर्णय लिन निगमले सञ्चालक समिति बैठक बोलाएको छ । 

यसअघि निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोसँग १२–१२ अर्ब रुपैयाँ ऋण सम्झौता गरिसकेको छ । ९ प्रतिशत ब्याजदरमा उक्त ऋण सम्झौता भएको हो । 

निगमले गत वर्ष माघमा ३०० सिरिजको दुईवटा ‘वाइड वडी’ जहाज किन्न खरिद सम्झौता गरेको थियो । निगमले विमान कम्पनी एएआरसँग २०७३ चैत २५ गते दुईटा वाइडबडी किन्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार दुइटा जहाजको मूल्य २१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ पर्नेछ । सम्झौता अनुसार पहिलो वाइडबडी विमान ०७५ असार १६ गतेभित्र र त्यसको एक महिनापछि अर्को विमान उपलब्ध गराउने छ । 

निगमले २८० सिट क्षमताको वाइडबडी ए३३०–२०० खरिद गर्न लागेको हो । विमानमा १६ वटा विजनेश क्लास र २६४ इकोनोमि क्लासका सिट छन् । नयाँ विमान खरिद गरेपछि निगमको नयाँ एयरबसले दमाम, सिओल, सिड्नी र टोकियोमा नियमित उडान गर्नेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC