site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमको ‘कर्णाली’ लिलाम अन्योलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एयरलाइन्सको अमेरिकी जेट विमान बोइङ लिलाम प्रक्रिया अन्तिम चरणमा पुगेका बेला अन्योल छाएको छ । नेपाल एयरलाइन्स अहिले उक्त विमान लिलाम गर्ने कि नगर्ने भन्ने दोधारमा पुगेको छ । 

विमान किन्नका लागि टेन्डर हाल्ने कम्पनीले कम मूल्यमा टेन्डर हालेपछि विमान लिलाम गर्ने कि नगर्ने भन्ने मनस्थितिमा पुगेको हो । “हामीले अपेक्षा गरेअनुसार टेन्डर नपरेपछि के लिलाम गर्ने कि नगर्ने फेरि एक पटक सल्लाह गर्नुपर्ने भएको छ,” नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंशाकारले भने, “संचालक समितिमा लगेर एक पटक छलफल गरेर मात्रै निर्णयमा पुग्छु ।”

मंगलबार संचालक समितिको बैठक बोलाएको र उक्त वैठकमा टेन्डरमा परेकै मूल्यमा विमान लिलाम गर्ने कि नगर्ने छलफल हुने कंशाकारले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

जम्मा दुईमा कम्पनीले मात्रै विमान किन्नका लागि टेन्डर हालेका थिए । 

निगमसँग रहेको बोइङ–७५७–२०० १४ लाख (करिब १४ करोड रुपैयाँ) अमेरिकन डलरमा किन्नका लागि एक अमेरिकन कम्पनीले प्रस्ताव गरेको थियो । अर्को कम्पनीको टेन्डर यो भन्दा पनि कम छ । 
तीन दशक अगाडि १ अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको अमेरिकी जेट विमान बोइङ लिलामका लागि निगमले सूचना जारी गरेको थियो । 

Global Ime bank

स्वीटजरल्याण्डको परामर्शदाता कम्पनी फिनटेक एभिएसन सर्भिसले उक्त विमान कम्तीमा १६ करोड ६२ लाख रूपैयाँमा लिलाम गर्न सकिने अध्ययनपछि सुझाव दिएको थियो । उक्त मूल्यमा १० प्रतिशत तलमाथि गरेर लिलाम गर्ने निगमसँग अधिकार रहन्छ ।  

जस अनुसार १० प्रतिशत मूल्य बढाएर बिक्री गर्दा १८ करोड २८ लाख २७ हजार रुपैयाँ र घटाउँदा १४ करोड ९५ लाख रुपैयाँ तोक्न सकिने छ । तर, जहाज लिलाम प्रक्रियामा राखिएपछि जसले मूल्यांकन दरभन्दा धेरै कबोल गर्छ उसैलाई  दिनुपर्ने हुन्छ ।   

अहिले टेन्डर हालेको कम्पनीले परामर्शदाता कम्पनीले तोकको भन्दा १० प्रतिशत कम मूल्य भन्दा पनि ९५ लाख रुपैयाँ कम कबोल गरेपछि एनएसीले फेरि सञ्चालक समितिको बैठकम बोलाएको हो ।  
फिनटेकका विज्ञले मंसिर १२ देखि १४ गतेसम्म विमानको इन्जिन, ल्याण्डिङ्ग गियर (पाङ्ग्रा), एभियोनिक्स, उपकरण, एक्जिलरी पावर युनिटलगायत इन्जिनको मूल्यांकन गरेर  अध्ययन प्रतिवेदनमंसिरम निगमलाई बुझाएको थियो ।

विमानको इन्जिन अझ केही सय घन्टा उडानको लागि योग्य  छ । यो विमान यात्रु ओसार्न भन्दा पनि कार्गो ढुवानीका लागि प्रयोग गर्न सकिन्छ । खरिदकर्ताले नेपालबाट आफ्नो मुलुकसम्म विमान उडाएर लैजान सक्नेछन् । 

निगमले २०४३ ताका खरिद गरेको यो पहिलो बोइङ ७५७ को नेपाली नाम ‘कर्णाली’ हो । 

सन् १९८३ मा पहिलो उडान भर्ने यो सिरिजको विमान उत्पादन भएको चार वर्षपछि निगमले नेपाल भित्र्याएको थियो । बोइङ कम्पनीले यो सिरिजको विमान उत्पादन १३ वर्षअघि २००४ अक्टोवरदेखि बन्द गरिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC