site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाल आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रिपरिषद्ले सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । थुप्रै मामिलामा आर्थिक अनियमिततासम्बन्धी विवादमा परेका खड्कामाथि आयल निगमले पेट्रोलियम भण्डार बनाउन किनेको जग्गा खरिदमा ठूलो एक अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेको छ । सामान्यतः सार्वजनिक सञ्चार माध्यममा सप्रमाण आरोप लागेपछि सरकार र नेपालका हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरिहाल्नुपथ्र्यो । तर, एकभन्दा बढी संसदीय समितिले स्थलगत अध्ययनसमेत गरेर निकालेको निष्कर्षमा पनि सरकारले कारबाही गर्न आलटाल गरिरहेको थियो । अन्ततः सरकारले सामाजिक सञ्जाल र मूलधारका पत्रिकामा गुंजिएको आवाज सुनेर खड्कालाई बर्खास्त गर्ने निर्णय लियो । यसबाट सरकार धन्यवादको पात्र भएको छ ।

सरकारको यस निर्णयको व्यापक स्वागत र समर्थन हुने निश्चित छ । सरकारले बर्खास्तको निर्णय गर्न यति ढिलो गर्नुको साटो पत्रिकामा समाचार आउनेबित्तिकै खड्कालाई निलम्वन गरेर छानबिन गरी बर्खास्त गरेको भए अझ बढी स्याबासी पाउनेथियो । ढिलो गरेको कारण सरकारले यस प्रकरणमा पाउनसक्ने जति जस भने पाउँदैन । खड्कामाथि सरकारसम्पत्ति बदनियतपूर्वक हिनामिना गरेको अर्थात् भ्रष्टाचार गरेको आरोप लागेको छ । यसैले सरकारले गर्ने बर्खास्तमात्रले कारबाही पूरा हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गोपाल खँड्का प्रकरणमा नराम्ररी चुक्यो । यसै पनि अख्तियारको छवि खासै उज्यालो थिएन । त्यसमाथि गोपाल खड्कामाथि लागेको आरोपको तमासा हेरेर बसेका कारण थप धमिलो भएको छ । जनमानसले आयोगको औचित्यमै प्रश्न गर्न थालेको देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्कै पनि गोपाल खड्कालाई बर्खास्त गरेर सरकारले सकारात्मक सन्देश प्रवाह गरेको छ । परन्तु, आयल निगमको जग्गा खरिद काण्डमा मुछिएका व्यक्तिलाई मन्त्रिपरिषद्मा सामेल गर्नु उचित थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा साँच्चै नै अनियमितताविरुद्ध गम्भीर छन् भने उनले विवादास्पद व्यक्तिलाई मन्त्रिपरिषद्बाट हटाउनुपर्छ । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी सुख पाउने देखिँदैन । संसदीय समितिबाट पनि छानबिनका लागि अख्तियारलाई  सिफारिस गरिएको छ । विवादमा मुछिएका व्यक्ति मन्त्रिपरिषद्मा रहे पनि छानबिन गर्न कानुनले मुस्किल हुने त हैन तर बहालवाला मन्त्रीलाई नै हिरासतमा लिएर छानबिन गर्नुपर्ने अवस्था भयो भने सरकार नै अपठेरोमा पर्नेछ । मन्त्री बहालै रहँदा छानबनि भयो वा छानबिनै भएन भने दुवै अवस्थामा प्रधानमन्त्री देउवाप्रति  सन्देहका औँला ठडिनेछन् । यसैले गोपाल खड्कालाई बर्खास्त गर्ने निर्णयलाई पूर्णता दिन उनका मतियार मानिएका व्यक्तिलाई मन्त्रिपरिषद्बाट पनि हटाउनु न्यायोचित र राजनीतिक कार्य हुनेछ । त्यति गर्न सके प्रधानमन्त्री देउवा थप धन्यवादका पात्र बन्नेछन् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC