site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

राजविराज । प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गरेका छन् । 

राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिए । 

Agni Group

जोशीले यसअघिका संविधानसभा निर्वाचनमा पनि मताधिकार प्रयोग गरेका थिए । सो मतदान केन्द्रमा जोशीले नै पहिलो मतदान गरेको बताइएको छ। 

यसैबीच तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको र १० बजेसम्ममा ३५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । 

Global Ime bank

अत्यन्त हर्षोल्लासका साथ लामबद्ध भई महिला, पुरुष तथा युवायुवती मतदान कार्यमा धैर्यपूर्वक मतदान गरिरहेको अनुगमनका क्रममा पाइएको उनले जानकारी दिए। 

स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा पाँच हजार ५२७ उम्मेदवारलाई तीन लाख ३१ हजार ७९ मतदाताले मतदान गर्दैछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC