राजनीति
आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई बर्खास्त गरेको हो ।
आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रस्तावमा खड्कालाई मन्त्रिपरिषद्ले बर्खास्त गरेको हो । खड्कालाई काममा असहयोग गरेको तथा निगममा अनियमितता गरेको आरोपमा बर्खास्त गरिएको बताइएको छ । उनी २०७१ सालमा सुनिल बहादुर थापा आपूर्तिमन्त्री हुँदा निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
खड्कालार्इ कारबाही गर्न विभिन्न संसदीय समितिले सरकारलार्इ सिफारिस गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४ १२:२६
प्रतिक्रिया दिनुहोस्