site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डेढ घण्टामा १५ प्रतिशत मतदान, ११६ वर्षिय वृद्धद्वारा मतदान
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको निर्वाचनमा डेढ घण्टाको अवधीमा कम्तिमा पनि १५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । साढे ८ बजेसम्म कम्तिमा १५ प्रतिशत मतदान भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान सात बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान शुरू भएको छ,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मतदान शुरू भएका ८ जिल्लाका केही मतदान केन्द्रहरूमा राजनीतिक दलका प्रतिनिधिहरू आउन ढिला भएको र केहीमा गएराति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि हाल सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण एवं उत्साजक रूपमा मतदान कार्य जारी रहेको छ ।”

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारी अनुसार, अहिले बिहान ८ः३० बजेसम्ममा करिव १५ प्रतिशत मतदान भइसकेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

प्रदेश नं. दुईका १ महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुनेछन् ।

यसैबीच, सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईले मतदान गरेको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC