site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उत्साहपूर्ण रुपमा मतदान जारी, मतदाताको उल्लेख्य सहभागिता
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उत्साहजनक रुपमा ८ वटै जिल्लामा मतदान भैरहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार शान्तिपूर्ण रुपमा उत्साहजनक तरिकाले मतदान जारी छ । 

“अत्यन्त उत्साहजनक रुपमा मतदान जारी छ,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “बिहान ७ बजेदेखि नै मतदान जारी छ । बेलुका पाँच बजेसम्म मतदान जारी रहन्छ । त्यो बेलासम्म लाइनमा बस्नेले ढिला भए पनि मतदान गर्न पाउनेछन् ।”

मतदाता बिहान ६ बजेदेखि नै लाइनमा रहेको उनले बताए । यसअघि निर्वाचन आयोगले पनि बाढीलाई विर्सेर मतदानमा सहभागी हुन आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले बाढी र डुवानको पीडालाई भुलेर मतदानमा सहभागी हुन आग्रह गरेका हुन् । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा मतदान भैरहेको छ ।

प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा मतदान जारी छ ।

Global Ime bank

यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् । 

तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी कायम रहेको छ । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ । 

स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ । यसैबीच ८ वटै जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको गृह मन्त्रालयले जनाएको छ । 
तस्बिर, दिपेन्द्र झा को ट्विटरबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC