site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश नम्बर २ मा मतदान सुरु, सुरक्षा व्यवस्था कडा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कडा सुरक्षाबीच प्रदेश नम्बर दुइमा मतदान सुरु भएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरु भएको हो । 

निर्धारित समयभन्दा आधा घण्टा अघि नै मतदाता लाइनमा बसेका छन् ।  निर्वाचन आयोगले पनि बाढीलाई विर्सेर मतदानमा सहभागी हुन आग्रह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले बाढी र डुवानको पीडालाई भुलेर मतदानमा सहभागी हुन आग्रह गरेका हुन् । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा अहिले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा मतदान सुरु भएको हो । 

यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । 

Global Ime bank

तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी कायम रहेको छ । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ । 

स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ । यसैबीच ८ वटै जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको गृह मन्त्रालयले जनाएको छ । 
वीरगन्जमा बिहानैदेखि मतदाता लाइनमा बसेका छन् । सर्लाहीका मतदान केन्द्रमा पनि बिहानै लाइनमा उभिएका छन् । दिउँसो गर्मी हुने भएकाले पनि अधिकांश मतदानस्थलमा बिहानै मतदाताको उल्लेख्य सहभागीता देखिएको छ ।  जनकपुरमा पनि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC