site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
असोज १५ भित्र उमेदवारको सूची बुझाउन कांग्रेसको जिल्ला तहलार्इ निर्देशन 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र  प्रदेशसभाको निर्वाचन तयारी र उम्मेदवारको मापदण्डबारे छलफल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उम्मेदवार छनोटको मापदण्डबारे व्यापक छलफल भएपनि सोमबारको बैठकले टुंगो लगाउने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको नाम कसरी टुङ्ग्याउने भन्नेबारे नेताहरुबीच गहन छलफल भएको छ । 

असोज १५ भित्र उम्मेदवारको सूची केन्द्रमा आउने गरी पार्टीको स्थानीय तहबाट उम्मेदवारहरुको सिफारिस माग गर्ने बैठकले निष्कर्ष निकालेको बुझिएको छ । गाउँ, नगर कार्यसमितिको सुझावका आधारमा क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका उम्मेदवारलाई जिल्ला कार्यसमितिले रायसहित केन्द्रमा पठाउने प्रचलन छ । 

Global Ime bank

निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको सिफारिस गर्ने निकायका सम्बन्धमा सोमबार टुंगो लगाइने काँग्रेसले जनाएको छ ।

यसैबीच, काँग्रेसले नेता महेश आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । बैठकले समिति गठनलगायत गरेको निर्णय भोलि सार्वजनिक गरिने मुख्यसचिव पौडेलले बताए ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायतको उपस्थिति थियो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC