site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मौन अवधिमा राजपाका नेता एवं सांसद लक्ष्मणलाल कर्ण र राजपा जगरनाथपुर गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेदवार धुरन्दर साहसमेत करिब १५० नेता कार्यकर्तालाई मत माग्दै हिँडेको सूचनाका आधारमा आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

सोमबार प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आचारसंहिता तोकेका बेला वडाध्यक्ष पदका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत उम्मेदवारी किन रद्द नगर्ने हो भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC