site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।
महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि परराष्ट्र मन्त्री महरा त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ३ गते न्युयोर्क प्रस्थान गर्दै छन् ।

परराष्ट्र मन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नेछन् । उनले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नेछन् ।

उनले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC