site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । जिल्लाका स्थानीय निकायमा निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि ९५१ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छैनन् । 

निर्वाचनको समयमा डमी उम्मेदवार बन्ने अधिकांशले खर्च नबुझाएको पाइएको छ । एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका जिल्लामा गत वैशाख ३१ गते पहिलो चरणमा निर्वाचन सम्पन्न भएको थियो ।     

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन सकिएको ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ । निर्वाचनमा जिल्लामा रहेको विभिन्न स्थानीय तहमा दुई हजार २०३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा रहेका ६८४ उम्मेदवारमध्ये ४०१ जनाले मात्र आफ्नो खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए । माडी नगरपालिकामा उम्मेदवार भएका २१४ जनामध्ये ७२ जना र रत्ननगरमा ३८६ मध्ये २२५ उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । 

Global Ime bank

यस्तै कालिका नगरपालिकामा २४८ जनामध्ये १४६, राप्तीमा २६७ मध्ये १७१, खैरहनीमा २९६ मध्ये १४५ र इच्छाकामनामा १११ उम्मेदवारमध्ये ९२ जनाले खर्च विवरण बुझाएका छन् । आयोगलाई एक हजार २५२ जनाले मात्र हालसम्म खर्च विवरण बुझाएको ढकालले जानकारी दिए। 

स्थानीय तह निर्वाचनका समयमा महानगरपालिका प्रमुख र उपप्रमुखले खर्च गर्न पाउने रु सात लाख ५० हजार र महानगरका अन्य वडाध्यक्ष तथा सदस्यले रु तीन लाख खर्च गर्न पाउने गरी निर्वाचन आयोगले सीमा निर्धारण गरेको थियो । नगरपालिकाका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यले रु दुई लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले रु तीन लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यले रु एक लाख ५० हजार खर्च गर्न सक्ने व्यवस्था गरिएको थियो । 

कार्यालयको तथ्याँकअनुसार उम्मेदवार भएका व्यक्तिमध्ये ८५७ जनाको धरौटी जफत भएको छ । खसेको मतमध्ये सदर मतको १० प्रतिशत नल्याउने उम्मेदवारको धरौटी जफत हुने गर्दछ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC