site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१२ मन्त्री र ६ राज्यमन्त्रीले मात्र बुझाए सम्पत्ति विवरण
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकार गठन भएको एक सय दिन बितिसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । गत जेठ २३ गते शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएपछि २४ गते पहिलो चरणमा ३ उपप्रधानमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका थिए ।

सरकार गठन भएको ६० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । केही मन्त्रीले प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका भए पनि कार्यालयले विवरण सार्वजनिक गरेको छैन । 

Agni Group

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले हालसम्म १२ मन्त्री र ६ राज्यमन्त्रीले विवरण भरेर बुझाएको बताए । विवरण बुझाउने मन्त्रीहरुको नाम भने उनले खुलाएनन् ।

पहिलो चरणमा मन्त्री बनेका अधिकांशको विवरण प्राप्त भएको उनले जानकारी दिए । प्राप्त  विवरण पनि मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै सार्वजनिक गर्नुपर्ने पन्थीको भनाइ छ । 

Global Ime bank

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा २ बमोजिम ६० दिनभित्र सम्पत्ति पेस गर्न नसक्नेले कारणसहित अनुरोध गरेमा बढीमा ३० दिनसम्म म्याद थप हुनसक्छ । थप भएको समयभित्र पनि विवरण प्राप्त हुन नसके पाँच हजार रुपैयाँ जरिवाना गर्दै अख्तियारले सम्पत्तिमाथि अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरुको विवरण भने अनिवार्य रुपमा सार्वजनिक नै गर्नुपर्ने हुन्छ । 

तर, प्रधानमन्त्री देउवा, उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रोजगार तथा श्रममन्त्री फर्मुल्लाह मन्सुर र सहरी विकासमन्त्री प्रभु साहले पद सम्हालेको ६० दिन र थपिएको ३० बितिसक्दा समेत विवरण सार्वजनिक गरेका छैनन् ।

देउवाले दोस्रो चरणमा कांग्रेसबाट १०, माओवादीबाट ६, नेपाल लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री थप गरेका थिए । त्यस्तै, दुई चरणमा गरेर कांग्रेस, माओवादी, फोरमबाट गरी २४ जना राज्यमन्त्री थप भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC