site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेदवारको टुंगो लगाएको छ । 

माओवादीले प्रदेशसभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लले बताए । 
त्यस्तै प्रतिनिधिसभाका लागि पूर्व गृहमन्त्री तथा क्षेत्र नं १ का सांसद शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । प्रदेश नं ६मा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दुई निर्वाचन क्षेत्र थिए । प्रदेशसभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम गरिएको छ । 
विसं २०४८ देखि अहिलेसम्म जिल्लामा दोहोरिएर कुनै उम्मेदवारले जितेको रेकर्ड छैन । २०४८ सालमा एकमा काँग्रेस र अर्कोमा एमाले, २०५१ सालमा दुवै सिट काँग्रेस, २०५६ सालको चुनावमा एकमा राप्रपा, पहिलो संविधानसभाको चुनावमा दुवै क्षेत्र माओवादी केन्द्र, दोस्रो संविधानसभामा क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २मा काँग्रेसले जितेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC