site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२ नम्बर प्रदेशमा चुनाव भोलि, सम्पूर्ण तयारी पूरा 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन भोलि हुँदैछ । २ नम्बर प्रदेशका ८ जिल्लामा भोलि सोमबार चुनाव हुन लागेको हो । निर्वाचन आयोगले पनि तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

तेस्रो चरणमा  प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उक्त निर्वाचनका लागि ती जिल्लामा तीन हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नं २ का १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९५० जनालाई मतदान गर्ने अधिकार छ ।

विगतका निर्वाचनमा राष्ट्रिय औशत बदर मतभन्दा प्रदेश नं २ का जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिँदै आएको छ ।  

Global Ime bank

त्यस प्रदेशका स्थानीय तहका विभिन्न पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । बदर मतसंख्या घटाउन प्रत्येक मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउने मतदातालाई सहीरुपमा मत संकेत गर्न सिकाइरहेको आयोगले जनाएको छ । 

त्यसका लागि मतदाता स्वयं नै मतदान केन्द्रमा उपस्थित भई मत संकेत गर्ने जानकारी लिने तथा परिचयपत्र बुझ्ने व्यवस्था मिलाएको प्रवक्ता ढकालले जानकारी दिए ।

अधिकांश मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन आउने र सहीरुपमा मतसंकेत गर्न सिक्ने मतदाताको भीड लागेको आयोगले जनाएको छ ।

स्थानीय भाषामा स्थानीय एफएम रेडियोमार्फत निर्वाचनको प्रचारप्रसार गर्ने तथा गैरसरकारी संघसंस्था र राजनीतिक दलका युवा संगठनलाई पनि मतदाता शिक्षामा सहयोग गर्न आयोगले अपिल गर्दै आएको छ । सडक नाटकमार्फत पनि मतदाता शिक्षा प्रदान गरिएको छ ।

त्यस्तै अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ ।

मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच अघि बढाएको छ । त्यसका लागि आवश्यक मतगणना स्थलको व्यवस्था गर्न  र प्रत्येक मतदाताको मतको पूर्ण सुरक्षा हुनेगरी सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिइसकेको छ । राससको सहयोगमा
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC