site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

वीरगन्ज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर भए पनि मधेशी जनताको अधिकार दिलाउन कांग्रेसले कुनै कसर नछाड्ने बताएका छन् ।  

पर्साको वीरगन्जस्थित रातोबंगला चौरमा आयोजित कांग्रेसको चुनावीसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रदेश नं २ हुन लागेको स्थानीय चुनाव मधेशी जनताको अधिकारसँग जोडिएकाले अत्यधिक मतले काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे । 
 
प्रधानमन्त्री देउवाले जनतालाई सर्वसत्ता सम्पन्न बनाउन कांग्रेस अग्रसर छ भन्दै नेकपा एमालेका कारण संविधान संशोधन प्रस्ताव पारित हुन नसकेको बताए । उनले प्रदेश नं २ को आर्थिक नगरी वीरगन्ज देशको मुख्यद्वार भएकाले भोलिका दिनमा समृद्ध वीरगन्जका लागि समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

Agni Group

सोही चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसका महासचिव डा शशांक कोइरालाले संविधान संशोधन गरी मधेशी जनताको अधिकार सुनिश्चित गर्न र समृद्ध नेपाल बनाउन कांग्रेसलाई अत्यधिक मतले जिताउनुपर्नेमा जोड दिए । 

सो चुनावीसभा कांग्रेसका पर्सा सभापति तथा वीरगन्ज महानगरपालिका प्रमुख पदका उम्मेदवार अजयकुमार द्विवेदीको सभापतित्वमा भएको थियो । रासस 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC