site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन रहेका छन् ।

थवाङ–२ कोइचावाङमा रहेको ससुराली  पुगेका घर्तीलाई सोही स्थानबाट १०/१२ जनाको समूहले सम्पर्कविहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिटबाट प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिए ।

रोल्पाको टिलामा रहेको सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

Global Ime bank

सदरमुकाम लिवाङबाट आफ्नै नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

थवाङ गाउँपालिकाको भदौ ३१ गते हुने प्रथम गाउँसभा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यक्रम बिथोल्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीको अपहरण गरेको हुनसक्ने बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC