site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश नं २ का १ सय तह जित्ने आँकलन 
Sarbottam CementSarbottam Cement

ललितपुर  । नेपाली कांग्रेसले प्रदेश नम्बर दुईमा एक सय बढी सिट जित्ने आँकलन गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय  समितिका संयोजक रमेश लेखकले यही असोज २ गते प्रदेश नं २ का जिल्लाहरुमा हुने स्थानीय तहको निर्वाचनमा कम्तिमा १ सय तह जित्ने दाबी गरे ।

नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।
यही असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा एक महानगरपालिका (वीरगञ्ज महानगरपालिका), तीन उपमहानगरपालिका (कलैया, जीतपुर–सिमरा र जनकपुर), ६९ नगरपालिका र ६३ गाँउपालिकामा रहेका छन् ।

नेपाली कांग्रेसले स्थानीय स्तरमा तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका)मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग तालमेल गरेको छ ।

Global Ime bank

प्रदेश नं २ का सबै जिल्लाहरुको प्रचारप्रसारमा सहभागी भएर भर्खरै फर्किएका समन्वय समितिका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र प्रदेश नं २ का मतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमा नै नेपाली कांग्रेस पहिलो हुने विश्वास व्यक्त गरे ।

उनले नेपाली कांग्रेसले स्थापनाकालदेखि हालसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै २ नं प्रदेशको विजयको आधार भएको बताए ।

उनले मधेशी लगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ स्वीकार्य बनाउने सन्दर्भमा नेपाली कांग्रेसले लिएका कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने दाबी गरे ।

“मधेशी जनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउँदै कार्यान्वयन गरी मुुलुकको विकास गर्न ल्याइएको संविधान संशोधनको हाम्रो प्रयास प्रमुख प्रतिपक्षी एमालको कारण असफल हुन पुग्यो” नेता लेखकले भने, “यसले नेपाली कांग्रेसले मधेश र मधेशी जनताको हितमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति स्थानीय बासिन्दालाई भएको छ ।”

उनले संविधान संशोधनको प्रयासले नेपाली कांग्रेस देशका सबै भूभागका जाति, जनजाति, वर्ग, समुदायका नागरिकहरुका बीचमा विभेद र कटुता हटाउँदै सौहार्द वातावरण सिर्जना गरी सबैको भावनालाई एकीकृत गरेर राष्ट्रियता बलियो बनाउन सक्रिय रहेको दाबी गरे ।

यसको विपरित एमालेका नेताहरु मतभेद सिर्जना गरेर आपसी एकता कमजोर पार्ने कार्यमा सक्रिय रहेको पनि उनले आरोप लगाए ।

नेता लेखकले नेपाली कांग्रेसले नै हालसम्म भएका उपलब्धिको रुपमा आएको संविधानलाई कार्यान्वयन गर्न गरिएको स्थानीय चुनावमा सबै राजनीतिक दललाई संलग्न गराउने वातावरण तयार पारेको पनि उल्लेख गरे ।

“असन्तुष्ट राजनीतिक दलहरुलाई समेट्न २ नं प्रदेशको चुनाव केही समय पर सार्दा हामीलाई चुनाव नगराउने आरोप लगाइयो” नेता लेखकले भने, “तर अलिकति लचिलो नीति लिदा स्थानीय चुनावमा सबै सहभागी हुने वातावरण तयार भयो ।”

उनले संविधान कार्यान्वयनतर्फ गएकोमा सन्तुष्टि प्रकट गर्दै भने, “नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान संयुक्त सरकारले नै प्रादेशिक र संघीय निर्वाचनको घोषणा गरि त्यस अनुरुप निर्वाचन गर्ने वतावरण तयार भएकोले कांग्रेसको नेतृत्वले नै राजनीतिक स्थायित्व कायम गरी विकासको नेतृत्व दिनसक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC