site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सक्कली पार्टी नै कांग्रेस हो : महत
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेस राजनीतिक परिवर्तन, आर्थिक विकास र हिमाल तराई पहाड सबै भूभागका जनता र विचारलाई सही नेतृत्वका साथ अघि बढाउने सक्कली पार्टी भएको भन्दै आगामी चुनावमा कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।

२ नं प्रदेश अन्तर्गत विभिन्न जिल्लामा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुलाई सम्वोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । डा. महतले बुधबार बाराको पथलैया, निजगढदेखि सर्लाहीका आधा दर्जन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गरे ।

सर्लाहीको हरिवन नगरपालिकामा पर्ने चापिनी खोलामा उनले बृक्षारोपण पनि गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

एक भोट दुई रुख अभियान अन्तर्गत खोला तथा नदीको अतिक्रमण नियन्त्रण गर्न स्थानीय कांग्रेसहरुले यो नयाँ अभियान ल्याएका छन । 

कार्यक्रममा डा महतले विसं २०४८ मा कांग्रेसको नेतृत्वमा जननिर्वाचित सरकार गठन भएपछि शुरु गरिएको आर्थिक सुधारको नीतिले हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका बीच पनि गौरवलायक उपलब्धिहरु हासिल भएको भन्दै त्यसको फेहरिस्त नै प्रस्तुत गरे ।

Global Ime bank

उनले भने, “उदार आर्थिक नीतिले आर्थिक गतिविधिहरुको विस्तार हुन गएको हो ।  विसं २०४८ सालमा बार्षिक राजस्व असूली रु १२ अर्ब थियो । विदेशी सहयोगमाथिको निर्भरता झण्डै ३६ प्रतिशत रहेको थियो । अहिले सरकारको वार्षिक राजस्व झण्डै ७ सय ३० अर्बको हाराहारीमा पुगेको छ । यसले गर्दा सरकार बलियो भएको छ र राष्ट्रियतालाई पनि बलियो बनाएको छ ।”

उनले राष्ट्रियता बलियो बनाउने आधार नै आर्थिक समृद्धि भएको बताए ।

कांग्रेसले साधन स्रोत बढाएर कुल विकास बजेटको ७० प्रतिशतभन्दा बढी रकम गाउँ गाउँमा पु¥याएको दाबी गरे ।

उनले भने, “२५ बर्षअघिसम्म पनि ७ हजार किमी सडक बनेकोमा अहिले स्थानीय र सामुदायिक समेत गरी झण्डै ७० हजार किमी सडक बनिसकेको छ भने अधिकांश जिल्लालाई सडकले छोइसकेको छ ।”

नेता डा महतले सक्कली पार्टी र इमानदार प्रतिनिधि कांग्रेसका भएको दाबी गर्दै उनीहरुलाई चुनावमा जिताएर विकास निर्माणमा अघि बढ्न बाराका जनतासमक्ष आग्रह गरे ।
बारास्थित जीतपुर उपमहानगरपालिकाको २ नं र ३ नं वडामा आयोजित भिन्नाभिन्नै चुनावी कार्यक्रमहरुलाई सम्वोधन गर्दै डा महतले यस्तो आग्रह गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC