काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आगामी २०७४ असोज २ गते हुन गइरहेको निर्वाचन नेकपा एमालेका प्रभावशाली नेताहरु पनि मधेसको चुनावी मैदानमा खटिएका छन् ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित हुने क्रम जारी छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभाहरु र कार्यक्रमहरुलाई सम्बोधन गर्ने तयारी भएको छ ।
त्यसैगरी वरिष्ठ नेता झलनाथ खनालको बाराका विभिन्न स्थानीय तहका कार्यक्रमहरुमा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लाहरुमा सक्रिय रहेको एमालेले जनाएको छ ।
आफ्नो गृहजिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरुसँग घरदैलो पनि गरिरहेका छन् ।
उनले शुक्रबार सिरहाको गोलबजार नगरपालिका लगायतमा सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि यस प्रदेशका विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरुमा सक्रिय भएको एमालेले जनाएको छ । पार्टी महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रमहरुमा सक्रिय भएका छन् ।
उनले शुक्रबार सिरहा र सप्तरीका कार्यक्रमहरुमा सम्बोधन गर्नेछन् । पार्टी सचिव प्रदीप ज्ञवाली भदौ २८ देखि सप्तरीका विभिन्न कार्यक्रममा सहभागी भएको एमालेले जनाएको छ ।
पार्टी सचिव भीम आचार्य सप्तरीमा, गोकर्ण विष्ट सर्लाही, योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी भएका छन् ।
उनी शुक्रबार सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्न पुग्ने कार्यक्रम छ । प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै रहेको एमालेले जनाएको छ ।
नागेन्द्र चौधरी विशेषगरी गृहजिल्ला पर्सा र बाराका चुनावी गतिविधिहरुमा सक्रिय रहेका छन् ।
विभिन्न ८ वटा जिल्लामा को कहाँ खटिएको छ ?
सर्लाही
माधवकुमार नेपाल
बारा
वामदेव गौतम
वलवीरप्रसाद चौधरी
दिनेश राई
महोत्तरी
ईश्वर पोखरेल
योगेश भट्टराई
रामदयाल मण्डल
सरोज यादव
सिरहा
प्रदीप ज्ञवाली
लीलानाथ श्रेष्ठ
ममता गिरी
रामचन्द्र यादव
धर्मनाथप्रसाद साह
गंगा यादव
सप्तरी
भीम आचार्य
सत्यनारायण मण्डल
रामप्रित पासवान
शान्ता चौधरी
सुमन प्याकुरेल
धनुषा
शत्रुघन महतो
रघुवीर महासेठ
श्रीप्रसाद शाह
यदुवंश झा
रत्नेश्वरलाल गोइत
जुलीकुमारी महतो
सुधीर साह
पर्सा
नागेन्द्र चौधरी
रामचन्द्र साह
सर्लाही
लालबाबु पडित
लक्ष्मण पौडेल
रविन्द्र बैठा
कमलादेवी महतो
रौतहट
डा. वंशीधर मिश्र
कल्याणी खड्का
सरला यादव
मेटमणि चौधरी