site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारको दाबीः सय दिन उपलब्धिमुलक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । जम्बो मन्त्रिपरिषद बनाएपछि आलोचना खेप्दै आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो सय दिन उपलब्धिमूलक रहेको दावी गरेको छ । 

सरकारको सय दिनको कार्यकालका प्रगति विवरण बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सय दिन उपलब्धिमूलक रहेको दाबी गरे ।

Agni Group

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संचारकर्मीमाझ उनले सरकारले तोकेको प्राथमिकता अनुसारको कामलाई सवल रुपमा कार्यान्वयनमा लगिएको पनि बताए ।

मन्त्री बस्नेतले निर्वाचनमा सबै दललाई आउने वातावरण बनाई स्थानीय तह  दोस्रो चरणको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्नु सरकारको मुख्य उपलब्धि भएको पनि उल्लेख गरे ।

Global Ime bank

सरकारले राजनीतिक दलहरुसँगको समन्वयलाई बलियो बनाएको, मुलुकमा सदाचार कायम गर्न सफल भएको दाबी गरेको छ । 
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारीको कामलाई अघि बढाउनु सरकारले अर्को मुख्य उपलब्धिको रुपमा चित्रण गरेको छ । 
मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र निर्धारण गरि निर्वाचनको तयारीको कामलाई अघि बढाउन सरकार सफल भएको  पनि स्मरण गराए ।

त्यस अवसरमा उनले सरकार आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउन प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले सरकारले राष्ट्रिय आयोजनाको कामलाई अघि बढाउन पनि उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।
सरकारले छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ र उन्नत बनाउन पनि सफल भएको दावी गरेको छ । मन्त्री बस्नेतले राष्ट्रपति विद्या भण्डारीको जेनेभा भ्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण र परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणबाट कूटनीतिक सम्बन्ध अझै सुदृढ बनाउन सरकारलाई ठूलो सफलता मिलेको पनि बताए ।

सरकारले साझा प्रकाशन र  आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भए नभएको भन्ने विषयमा टुंगोमा पु¥याउन अनुसन्धानको कामलाई तीव्रता दिएको र दोषी पाईए कडा कार्वाही हुने पनि जनाएको छ । देउवा नेतृत्वको सरकार जम्बो भएकोमा भने सर्वत्र आलोचना हुँदै आएको छ । त्यसैगरी निर्वाचन आचारसंहिता उलंघन गरेर विवादमा तानिएको भन्दै सरकारको आलोचना गर्न थालिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC