site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका जिल्लामा हुने चुनावी कार्यक्रम तय भएको छ । 

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित भई नेताहरु खटिएका छन् । अध्यक्ष ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायत चुनावीसभा र कार्यक्रमलाई सम्बोधन गर्नेंछन् । वरिष्ठ नेता झलनाथ खनालको सोही दिन बाराका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ । 

Agni Group

नेता माधवकुमार नेपाल प्रदेश नं २ का विभिन्न जिल्लामा सक्रिय छन् । आफ्नो गृह जिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारसँग घरदैलो पनि गरिरहेका छन् । उनले शुक्रबार सिरहाको गोलबजार नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम छ । उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रममा रहनेछन् । 

महासचिव ईश्वर पोखरेल मूलतः वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी छन् । उनी शुक्रबार सिरहा र सप्तरीका कार्यक्रममा केन्द्रित रहनेछन् । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC