site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

महोत्तरी । स्थानीय तहको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले कांग्रेसलाई नै रोज्ने दाबी गरे । 

तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उनले खुलासा गरे । हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । 
भारत र नेपालको सम्बन्ध बलियो रहेको उनले स्पष्ट पारे । सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे । 
उनले एमालेको राष्ट्रवादले देश खतरामा फसेको आरोप लगाउए । 
कांग्रेसका महामन्त्री शशांक कोइरालाले मधेशका मधेशीलाई अधिकारसम्पन्न बनाउनु र समृद्ध राष्ट्र निर्माण गर्नु काँग्रेसको प्रमुख दुई एजेण्डा रहेको बताए । 
त्यस्तै, कांग्रेस नेता विमलेन्द्र निधिले एमालेले संविधान संशोधन गर्न विपक्षमा मतदान गरेकाले एमाले मधेशमा पराजित हुने दाबी गरे । कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस जिताउनु भनेको देशलाई जिताउनु रहेको बताए । 
रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC