site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इटहरी । थारु समुदायका चेलिबेटीले आज विहानैदेखि निरहार बसेर नदी पोखरी तलाउ र जलासयमा स्नान गरी भक्तिपूर्वक जितिया पर्व धुमधामसँग मनाएका छन् । 

थारु समुदायको सघन बसोवास रहेको सुनसरीको विभिन्न स्थानमा थारु महिलाले आफ्नो जातीय भेषभूषामा सजिएर सार्वजनिक समारोहको आयोजना गरेर भगवान जितमानको भक्तिपूर्वक पूजापाठ गर्दै आफ्नो सन्तान र श्रीमानको सुख, समृद्धि र प्रगतिको कामना गरेका छन् । 

उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार यसै पर्वका अवसरमा थारु महिलासभा रामधुनी झुम्काले आयोजना गरेको जितिया विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भइ थारु समुदायको जितिया धार्मिक पर्वलाई विशेष उल्लासमय बनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

उपप्रधानमन्त्री गच्छदारले उक्त समारोहमा थारु समुदायले मनाउँदै आएको प्राचीन धार्मिक पर्वमध्ये जितिया अन्यन्तै निष्ठाको धर्म भएकाले यसलाई थारु समुदायले विशेष अभिरुचि र चासोकासाथ मनाउने गरेकोमा खुशी प्रकट गरे। 

देशको तराई भू–भागमा बसोवास गर्दै आएका थारु समुदायले दुई दिनदेखि चितिया पर्वलाई उल्लासमय तुल्याउँदै आफ्नो जातीय पहिचान र संस्कृतिप्रति अगाध स्नेह दिएकोप्रति पनि उहाँले खुशी ब्यक्त गरे। 

Global Ime bank

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वासले थारु समुदायका महिलाहरुको आस्था निष्ठा र आफ्नो परिवारप्रतिको समर्पणको प्रतिकका रुपमा रहेको जितिया पर्व थारु जातीको महत्वपूर्ण पहिचान भएकाले यसको जगेर्नामा सवै जुट्नु पर्दछ भने । 

कार्यक्रममा थारु नेताहरु रामराज चौधरी, तेजनारायण चौधरी, चन्द्रकुमार चौधरी थारु, महिलासभाकी सुनसरी अध्यक्ष सुशिला चौधरी लगायतले थारु संस्कृतिमध्येको सवैभन्दा निष्ठाको पर्व नै जितिया पर्व भएको विचार व्यक्त गरे । 

साथै इटहरी आसपासका क्षेत्रका थारु महिलाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर खोला नदी पोखरी र तलाउहरुमा भेला भएर जितिया पर्व निष्ठापूर्वक मनाई रहेका छन । 

मंगलबार तलाउ पोखरी नदी जलासयमा साँझपख भेला भएर थारु महिलाहरुले निष्ठापूर्वक स्नान गरी जितमान भगवान एवम सूर्य भगवानका अस्ताउँदो बेलामा अर्घ चढाई आफ्नो जातीय परम्पराअनुसारका फलफूल पकवानलगायत परिकार सेवन गरी आफ्ना कुल कुटुम्ब नरनाता र छोरी चलिबेटी मिलेर पर्वलाई धुमधामसँग मनाए । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC