site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उमेदवारलाई नै मतदाताको प्रश्न– २० वर्षसम्म कहाँ थियौ ?
Sarbottam CementSarbottam Cement

मलङ्गवा (सर्लाही) । “सदरमुकामसमेत कालोपत्रे छैन, हिजो सर्वदलीय संयन्त्रमा बसेर कागजमा विकास गर्ने तिमीहरू होइनौ, आजको विकासका नारा लिएर हाम्रो आँगनमा आउने तिमीहरू, २० वर्षसम्म कहाँ सुतेका थियौ ?,” मलङ्गवा–३ का रामनारायण ठाकुरले प्रश्नको वर्षा गरेपछि मेयरका उमेदवारहरू अक्क न बक्क परे ।

उनी त्यतिमै रोकिएनन्, भन्न थाले, “यिनीहरू गरिबहरूलाई विकासको आश देखाएर निराश बनाउने मात्रै हुन् ।”

देशकै धेरै २० स्थानीय तह (११ नगरपालिका र ९ गाउँपालिका) रहेको सर्लाहीमा चुनावी सरगर्मी छाएको छ । मतदानको तिथि नजिकिँदै जाँदा उमेदवारहरू घर दैलोमा कस्सिएका हुन् । आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा मतदाता र उमेदवारबीच करिब एक घन्टा सवाल जवाफ चल्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका ६ जनामध्ये तीन नेताको जिल्लाको सर्लाही । राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्र राय यादव सर्लाहीबाटै प्रतिनिधित्व गर्छन् । 
तर, सदरमुकाममासमेत पक्की बाटो छैन सर्लाहीमा ।

२१ हजार ४११ मतदाता रहेको मलङ्गवामा मेयरमा १६ जना प्रत्यासी छन् भने १० जना त स्वतन्त्रै छन् । ०४९ र ०५४ मा स्वतन्त्रबाटै मेयर जितेका नागेन्द्रप्रसाद यादव तेस्रो पटक मेयरका आकांक्षी बनेका छन् भने कांग्रेसले निश्चल साहलाई मैदानमा उतारेको छ । एमालेका तर्फबाट देवेन्द्र राय प्रतिष्पर्धामा छन् । राजपाले नागेश्वरप्रसाद रायलाई उठाएको छ ।

Global Ime bank

१२ वडा रहेको मलङ्गवा नगरपालिकामा ६२ पदका लागि निर्वाचन हुन लागेको हो । अन्तरक्रियामा मतदाताले ०४४ सालमा नगरपालिका खडा भए पनि अहिलेसम्म विकासले जन्म लिन नसकेको भन्दै गुनासो पोखे ।

सडक, नाला, ढल निकास, भित्रिबाटो लगायत विकासका न्युनत संरचनासमेतबाट कोसौँ टाढा रहेको प्रतीत हुने मलङ्गवा विकासका लागि हिजो सर्वदलीय संयन्त्रमा हुँदासमेत कुनै ध्यान नदिएका र कागमामा मात्र विकास गर्ने नै उमेदवार बनेको भन्दै मतदाताले तीव्र आक्रोस पोखे ।

मलङ्गवा–८ का जगदिश झाले नगरपालिकादेखि मालपोतसम्म र विद्युत प्राधिकारणदेखि जिल्ला प्रशासनसम्मका अधिकारीहरूले बिनापैसा कामै नगर्ने आक्रोश पोखे ।

“छिनछिनमा बत्ती जान्छ, नगरपालिकाले बिना पैसा कामै गर्दैन । नाला बनाउने नाममा पाँच करोड खर्च भइसक्यो । तर, पाँच वर्षमा पनि ड्रेन बनेन,” उनले उमेदवारलाई प्रश्न गरे ।

अर्का स्थानीय अमितकुमार अग्रवालले कर्मचारीसँग मिलेर पैसा खाने नै उमेदवार बनेर आएकाले मलङ्गवाको विकास नहुने ठोकुवा गरे । “यो पार्टी, ऊ पार्टी छैन, सबैको उद्देश्य कसरी पैसा कमाउने भन्ने नै छ, मेयर बन्न २ करोड खर्च गर्नेले भोलि मेयर जितेपछि त्यही पैसा अशुल्न नलाग्ला भन्न सकिन्छ र ?,” प्रश्न थियो उनको ।

मलङ्गवा–७ का राजकिशोर पासवानले नगरपालिकाका कर्मचारीले नागरिकताको सिफारिसमासमेत पाँचसय घुस मागेको भन्दै सार्वजनिक रूपमा दुखेसो गरे । 

त्यस्तै अर्का स्थानीय मोहम्मद रकिद मियाँले नगरक्षेत्रको नाला बनाउने भन्दै पाँच वर्ष अल्झाएर इन्जिनियरले पाँच करोड हिनामिना गरेको आरोप लगाए । कपुर थरका इन्जिनियरको बेइमानीका कारण नगरपालिका नालाविहीन बनेको उनको आक्रोश थियो ।

उमेदवारका जवाफ
 

पूर्वराजा ज्ञानेन्द्र साहको पालमा दुई महिना १७ दिन मेयर बनेका प्रेम श्रेष्ठले विगतमा केही गर्न नसकेकाले पुनः मेयरमा उमेदवारी दिएको बताउँदै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको वकालत गरे । 

कांग्रेस उमेदवार निश्चल साहले सर्वदलीय संयन्त्रमार्फत आफूले नगरको विकासको पक्षमा खबरदारी गरेको बताउँदै भ्रष्टाचार निमिट्यान्न बनाउन भूमिका खेल्ने दाबी प्रस्तुत गरे भने एमालेका उमेदवार रायले नगरको गुण्डाराज अन्त्य गर्न सके विकास स्वतः हुने बताए ।

राजपाका नागेश्वर रायले पनि भ्रष्टाचार नै अविकासको जड भएकाले त्यसको न्युनिकरणको खाँचो औल्याए । “नगरपालिकाको कर्मचारीतन्त्रलाई निरुत्साहित तुल्याउँदै जनउत्तरदायी बनाउने मेरो प्रमुख काम हुनेछ,” उनको वचनवद्धता थियो ।

माओवादीका मोहमद समसुल हकले नगरलाई स्मार्ट सिटी बनाउने बताए । 

भर्खर शिक्षण पेसाबाट मेयरको उमेदवारमार्फत राजनीतिमा डेव्यु गरेका उनले आफूलाई एकपल्ट परीक्षण गर्न अपिलसमेत गरे ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC