site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजविराजका मतदाता नै उमेदवारसँग सोध्छन्– स्मार्ट सिटी बनाउन नसके राजीनामा दिन्छौ ?
Ghorahi CementGhorahi Cement

राजविराज (सप्तरी) । मधेस आन्दोलनको थलो सप्तरीको राजविराज नगरपालिकामा दलहरु बीच चुनाव जित्न प्रचारको होडबाजी चलेको छ । 

उमेदवार आफ्नो पार्टीको केन्द्रीय घोषणापत्र र आ–आफ्ना व्यक्तिगत प्रतिवद्धतसहित प्रचारमा होमिएका छन् ।

मधेस आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको नामले सप्तरीको राजविराज परिचित छ । यसअघि दुई चरणको निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीको आधार केन्द्र मानिने सप्तरी जिल्ला र विशेषगरी सदरमुकाम राजविराजको हरेक चोक र टोल अहिले निर्वाचनमय भएका छन् ।

Agni Group

हरेक चोक, चियापसल र घर–घरमा चुनावकै रौनक छ । एमालेको मेची–महाकाली अभियानमा झडप भई ७ जनाको मृत्यु भएको मलेठ पनि राजविराजमै पर्छ । 

त्यसमा पनि एमाले लगायत सबै दलका उमेदवार मधेस आन्दोलमा हिँडेका कारण पनि राजविराजको चुनावलाई विशेष रुपमा हेरिएको स्थानीय अगुवा बताउँछन् । 

Global Ime bank

एमाले उमेदवार सुखराम यादव मनोनयनको दुई दिन अगाडि मात्रै संघीय समाजवादी फोरमबाट एमालेमा प्रवेश गरेका थिए ।

राजविराजमा मुख्य गरेर नेपाली कांग्रेस र राजपाबीच नै प्रतिस्पर्धा हुने स्थानीय एक पत्रकारले आँकलन गरे । उनले स्थानीय निर्वाचन भएकाले व्यक्ति हेरेर भोट दिने भएकाले पनि विजयी को हुने आँकल गर्न नसके पनि यी दुई पार्टीको तीव्र प्रतिस्पर्धा हुन सक्ने बताए ।   

राजविराजमा कांग्रेसबाट मेयरमा ध्रुबप्रसाद देव, एमालेबाट सुखराम यादव, माओवादीबाट अनिस अन्सारी, राष्ट्रिय जनता पार्टीबाट शम्भुप्रसाद यादव, संघीय समाजवादी फोरमबाट भीमराज यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट शैलेस कुमार चौधरी र नयाँ शक्ति पार्टीबाट मिना ठाकुर लगायत १२ जना उमेदवार बनेका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसबाट सुशीला कुमारी यादव, एमालेबाट ममता कुमारी चौधरी, राजपाबाट साधना झा, समाजवादी फोरमबाट किरण कुमारी साह, लोकतान्त्रिक फोरमबाट पबनी देवी खंग, माओवादीबाट सुमित्रा कुमारी यादवलाई अगाडि सारेको छ ।  

१६ वडा रहेको राजविराजमा ८२ पदका लागि ५ सय ३७ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।

‘काम गर्न नसके राजिनामा दिन्छौ ?’
 

कांग्रेसबाट राजविराज नगरपालिकाको मेयरमा उमेदवार बनेका ध्रुबप्रसाद देवले एक छलफलमा भने, “अहिले डिजिटल जमना आइसक्यो । म मेयर भएँ भने राजविराजलाई स्मार्ट सिटी बनाउँछुु ।” 

उनले यसो भनिरहँदा स्थानीयबासी लक्ष्मी नारायण देवले प्रश्न गरे, ‍“हामी सामान्य मात्रै अपेक्षा गरेका छौं । तपाईँ स्मार्ट सिटीको कुरा गर्नुहु्न्छ । के हो स्मार्ट सिटी भनेको ? कहाँबाट आउँछ स्मार्ट सिटी बनाउने पैसा ?”

 उनले थपे, “पुरानो बजार राजविराज अवस्था खस्किँदै गएको छ । शैक्षिक संस्था, अस्पतालको अवस्था नाजुक छ । यहाँबाट मानिसहरू पलायन भइरहेका छन् । यी कुरामा हामी चिन्तित छौं । यसबारे के छ तपाईँको योजना ?”

कांग्रेस उमेदवार देवले जवाफ दिने प्रयास गरे, “सबै विकास कहाँ नगरपालिकाकै पैसाले हुन्छ त । केन्द्रबाट बजेट ल्याउने प्रयास गर्छु । विदेशको पैसा पनि आउँछ ।” 
तर, नगरबासीले पत्याएनन् र सामूहिक रुपमै भने, “के आफ्नो प्रतिवद्धताअनुसार काम गर्न नसके राजीनामा दिनुहुन्छ ?”

यसबारे जवाफ दिन झनै गाह्रो भयो, तैपनि कांग्रेस उमेदवार देवले भने, “पहिले जिताउनुस्, यदी काम गर्न सकिन भने राजिनामा दिन तयार छु ।”

राजविराजले धेरै नेतालाई जिताएको तर नेताले आफ्नो लागि मात्रै गरेको भन्दै उनीहरू आक्रोशित हुँदै तत्कालिन सगरमाथा अञ्चलको केन्द्रबाट अहिले स्थानीयहरू अन्य शहरमा बिस्थापित हुँदै गएको बताए ।

यसलाई रोक्नका लागि मेयरका उमेदवारको योजना स्थानीयले मागेका थिए ।

यस्तो छ मेयर उमेदवारको योजना :

ध्रवप्रसाद देव, नेपाली कांग्रेस

अहिले सबै कुरा डिजिटल भइसक्यो । राजविराजलाई पनि स्मार्ट सिटीका रुपमा विकास गर्ने मेरो योजना छ । यहाँको फोहोर व्यवस्थापन, सडक निमार्ण, शिक्षा, सामाजिक सुरक्षामा मेरो जोड हुनेछ । 

सुकराम यादव, एमाले 
 

मैले १०१ दिनमा गर्ने काम र ५ वर्षको योजना र संकल्पपत्र ल्याएको छु । विशेष गरेर कृषकका लागि कोल्ड स्टोर, सिटी हल निमार्ण, नदि नियन्त्रणको लागि दुरगामी व्यवस्था गर्ने मेरो योजना छ । बिरामीका लागि निःशुल्क एम्बुलेन्स र शव बहानको व्यवस्था गर्नेछु । केही गौशाला र ८ वटा हाट बजारको व्यवस्था गर्नेछु । नगरको फोहोरलाई व्यवस्थित गर्दै लामखुट्टे नियन्त्रण गर्दछु । कतिपयको लालपुर्जा छ तर घर छैन । यसलाई व्यवस्थापन गर्छु ।

अनिस अन्सारी, माओवादी केन्द्र
 

स्थानीय निर्वाचन २० वर्षपछि हुँदै छ । यसमा सकरात्मक सोचका साथ सहभागी हुन जरुरी छ । नगरप्रतिको नकारात्मक सोचको अन्त्य गर्दै विकासमा जोड दिनुपर्छ ।

सप्तरीमा बुढीऔला लुकाएर हिँड्नुपर्छ भन्छन् । यसको अन्त्य जरुरी छ । हरेक आन्दोलनमा राजविराज सहभागी हुँदै आएको छ । तर, विकासमा भने पहिलेभन्दा पछाडि पर्दै गएको छ । म २०३९ सालमै यहाँको मेयर भएको थिएँ । यहाँबाट अहिले मानिसहरु बिस्तापित हुँदै गएका छन् । यसलाई रोक्न जरुरी छ । नगरको विकासमा सबै जुटौं । मलाई जिताएर त्यसको नेतृत्व गर्न दिनुहुन्छ भन्ने अपेक्षा छ । 

भीमराज यादव, संघीय समाजवादी फोरम
 

मलाई नगरको नेतृत्व दिनुभयो भने म जनताको नोकरका रुपमा काम गर्छु । राजविराजका सडकको स्तरउन्नती गनेृ मेरो योजना छ । त्यस्तै गजेन्द्र नारायण अस्पताललाई आधु्निक बनाउँदै बिरामी हुँदा बित्तिकै धरान वा विराटनगर जानुपर्ने समस्या समधान गर्ने छु । वृद्ध भत्तालाई ५ हजार पु¥याउँछु । फ्रि वाइफाइको व्यवस्था गर्छु । गफभन्दा काम गरेर देखाउनेछु ।

शैलेस चौधरी, नेपाल लोकतान्त्रिक पार्टी
 

 म २०५४ मा तत्कालिन सद्भावना पार्टीबाट मेयर भएर काम गरेको थिए । त्यतिबेला निस्कलंक, निस्पक्ष भएर काम गरेको थिएँ । अब पनि म जनताको सेवालाई इमान्दार भएर पुरा गर्ने मेरो प्रतिवद्धता छ । म पार्टीको मात्रै नभई सबै जनताको उमेदवार हुँ । ५ वर्षभित्र नगरलाई हरेक दृष्टिले समृद्ध बनाउँछु ।

सप्तरीका सबै तहमा चुनावी उल्लास 
 

राजविराज लगायत सप्तरीका सबै तहमा निर्वाचन तयारी शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानाए । 

सप्तरीमा १८ स्थानीय तह १६४ वडा छन् भने ३ लाख ३१ हजार ६७९ मतदाता रहेका छन् । सबै पदमा गरी ८५६ जनप्रतिनिधि चुनिने सप्तरीमा ५ हजार ५ सय २९ जनाको उमेदवारी परेको छ । 

२९५ मतदान स्थल र ४६२ स्थानीय तह रहेको सप्तरीमा २८ र २९ गते सबै सामाग्री मतदान केन्द्रमा पु¥याइने कोइरालाले जानकरी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC