राजनीति
काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीकै उमेदवारविरुद्ध अन्तर्घात गर्नेविरुद्ध उजुरी दिन कांग्रेसले आह्वान गरेको छ ।
नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेका प्रदेश नम्बर १,२ ४, ५, ६ र ७ नम्बर प्रदेशका उमेदवारले उजुरी दिन सक्ने जनाइएको छ ।
त्यसका लागि कांग्रेसले असोज १० गतेभित्र उजुरी दिन भनेको छ । त्यसबाहेक आजसम्म परेका उजुरीका बारेमा समितिले आरोपित व्यक्तिसँग स्पष्टिकरण माग गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४ १५:४७
प्रतिक्रिया दिनुहोस्