राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगकै परामर्शमा आफूले मन्त्रीपरिषद विस्तार गरेको दावी गरेका छन् । प्रधानमन्त्री देउवाले सरकारको काम कार्वाहीमा अप्ठयारो परेपछि मन्त्रिपरिषद विस्तार गर्नुपरेको स्पष्टिकरण पनि दिएका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुनेगरी मन्त्रिपरिषद विस्तार गरेको भन्दै आपत्ति जनाउँदै आएको छ । तर प्रधानमन्त्री देउवाले भने आयोगकै परामर्शमा विस्तार गरेको बताए ।
मंगलबार बिहान विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले मन्त्रिपरिषद् विस्तार पुरानै कुराको निरन्तरता भएकाले यसबाट निर्वाचन आचारसंहिता उल्लंघन नहुने तर्क पनि गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४ १४:४३
प्रतिक्रिया दिनुहोस्