site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अछाम । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ । 

वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक आस्थाका आधारमा हटाएको भन्दै वडा नं २, ३ र ५ का जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीयस्तरमा पटक–पटक छलफल भएपनि दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण ताला खोल्न नसकिएको बताइएको छ । सदरमुकामबाट जिल्ला समन्वय समितिका उपसंयोजकको टोली गाउँपालिकामै पुगेर सोमबार छलफल हुँदा पनि निष्कर्षमा पुग्न नसकेको वडा नं ३ का वडाध्यक्ष महादेव बुढाले बताए।
 
गाउँपालिका अध्यक्ष नेपाली काँग्रेसबाट जितेका र तीन वडामा नेकपा एमालेले जितेका कारण ती वडाका योजनामात्रै हटाइएको तर अन्य व्यक्तिले पठाएका योजना गाउँसभाबाट पारित भएको उनको भनाइ छ । 

यता गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले भने आफूले केही योजना हटाएको तथा केही योजना थपेको स्वीकार गर्दै निर्णय भइसकेको अवस्थालाई उल्ट्याउन नसक्ने बताउँदै आएका छन् । ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई ८० लाख बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो । 

Global Ime bank

यसैबीच गाउँपालिकामा योजनाको विषयलाई लिएर भएको तालबन्दी तथा विवादलाई समाधान गर्नका लागि दुईवटै पक्षलाई बोलाएर मंगलसेनमै छलफल गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति संयोजक, विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठकले गाउँपालिकामा लाएको ताला खोल्ने र तीन वडाका योजनाका बारेमा मंगलबार सदरमुकाममा छलफल गर्ने त्रिपक्षीय सहमति भएको अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले राससलाई जानकारी दिए । 
आज दिउँसो सदरमुकाममा तीन वडाका जनप्रतिनिधि, गाउँपालिका प्रमुख उपप्रमुखसहित अन्य सरोकारवालाको संयुक्त बैठक बसी सहमति कायम गरिने प्रजिअ चौधरीको भनाइ छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC