site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवा, पौडेल र कोइरालाले २ नम्बर प्रदेशमा संयुक्त प्रचार गर्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले आजदेखि  स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने  प्रदेश नं २ का आठ वटै जिल्लाका चुनावी सभाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा आज २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्वाचन परिचालनका लागि सोमबार नै बीपी राजमार्ग हुँदै लहान पुगेका छन् ।

कार्यक्रम अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाले आज दिउसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई सम्बोधन गर्नेछन् ।
सप्तरीको सम्बोधन एवम् पार्टी कार्यकर्तासँगको भेटपछि उनी सिरहा प्रस्थान गर्ने कांग्रेसले जनाएको छ ।

Agni Group

सिराहा जिल्ला कार्यसमितिले आज सिरहाको जिरोमाइलमा चुनावी सभा आयोजना गर्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सो आमसभालाई पनि संयुक्त रुपमा संबोधन गर्ने कार्यक्रम छ । 
अपरान्ह ४ बजे सो आमसभालाई सम्बोधन गरेर पार्टी कार्यकर्ताहरुसंग भेटघाटपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित काग्रेसका शीर्ष नेताहरु जनकपुर प्रस्थान गर्नेछन् । आज कांग्रेसका शीर्ष नेताहरु जनकपुरमै रहने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

शीर्ष नेताहरुले बुधबार बिहान धनुषा र महोत्तरीका पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्ने भएका छन् ।

Global Ime bank

कांग्रेसका सभापति, वरिष्ठ नेता र महामन्त्रीसहित केन्द्रीय नेताहरुले २८ गते बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महोत्तरी कांग्रेसले जलेश्वरमा बिहान ९ बजे चुनावी सभाको आयोजना गरेको छ ।

दिउसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । जनकपुरको सम्बोधनपछि कांग्रेसको शीर्ष नेताहरुको टोली महोत्तरीको बर्दिवास प्रस्थान गर्ने कांग्रेसले जनाएको छ । बर्दिवासमा अपरान्ह ४ बजे चुनावी सभा राखिएको छ । शीर्ष नेताहरुले बर्दिबासको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

भदौ २९ गते बिहीबार सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । 

उनीहरुले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई सम्बोधन गर्नेछन् र सोही दिन अपरान्ह रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
रौतहटको कार्यक्रमलाई सम्बोधन गरेपछि नेपाली कांग्रेसको शीर्ष नेतृत्व वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ ।  भदौ ३० गते बिहान प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले बारा र पर्साका कार्यकर्ताहरुसँग भेटघाट गर्ने कांग्रेसले जनाएको छ ।

उनीहरुले दिउँसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।  कलैयाको सम्बोधनपछि नेपाली कांग्रेसका शीर्ष नेताहरुले सोही दिन पर्साको वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नेछन् ।


तस्बिर सौजन्य, नेपाली कांग्रेस


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC