site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उसै त भदौरे घामले तातेको तराई यतिखेर निर्वाचनको माहोलले झनै तातेको अनुभव हुँदै गएको छ । 

सो प्रदेशमा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई केन्द्रित गरेर अहिले प्रमुख तीन दलमात्र होइन मधेशकेन्द्रित दलको चुनावी दौडाहा चलिरहेको छ, जसले तराई–मधेशमा राजनीतिक सरगर्मी बढेको छ । 

प्रमुख दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुईसाता अघिदेखिनै निर्वाचन प्रचार अभियानअन्तर्गत चुनावीसभा, घरदैलो भेटघाट र छलफललाई तीव्र पारिरहेका सन्दर्भमा मधेशका रैथाने दलहरू पनि निर्वाचनमा होमिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia


राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरमलगायत पार्टीको मधेश प्रचारले निर्वाचन माहोल ह्वात्तै बढेको छ । मुख्य प्रतिस्पर्धामा रहेका तराई केन्द्रित दलमध्येको राजपा शनिबार तराई झरेर निर्वाचन अभियानमा होमिएको छ ।  

भदौको चर्को घामको कुनै पर्वाह नगरी राजनीतिक दलका शीर्ष नेता तथा  कार्यकर्ता स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर आफ्ना गतिविधि बढाइरहेका छन् । नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरमलगायतले भने झण्डै महिनादिनदेखि जनमत आफ्नो पक्षमा हत्याउन निर्वाचन प्रचारमा जुटिरहेका छन् ।

Global Ime bank

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर शारीरिक अस्वस्थताका कारण राजधानीमै हुनुहुन्छ भने अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव आ–आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा क्रियाशील छन् । त्यस्तै, अन्य जिम्मेवार नेतापनि निर्वाचन अभियानमा जुटेको राजपाका महासचिव केशव झाले बताए ।

यता नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू निर्वाचन प्रचारकै दौरानमा महिना दिनदेखि तराई केन्द्रित रहेका छन् ।

विशेषगरी ठूलो दलमध्ये एक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू लामो समयदेखि तराईमै छन् ।

नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधि तराइमै छन् भने पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा सशांक कोइराला पनि निर्वाचनलाई लक्षित गरेर तराई जानेक्रम बाक्लिएको छ । यता नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि एकसातादेखि तराईमै हुनुहुन्छ भने अन्य नेता कार्यकर्ता पनि चुनावमा होमिएका छन् । 
निर्वाचनमा सबै सामथ्र्य खर्चेका ठूला दल तथा मधेशकेन्द्रित दलले निर्वाचनमा मधेश मुद्दाका कारण माहोल आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् ।

प्रमुख तीन दलको प्रतिस्पर्धामा आफूलाई अब्बल दाबी गर्ने तराईका ठूला तीन दल– राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले तराई–मधेशको जनमत आफ्नो पक्षमा नै आउने जिकिर गरिरहेका छन् ।

अघिल्ला दुई चरणको स्थानीय तहको निर्वाचन बहिस्कार गरेको राजपाले प्रदेश नं. २ को निर्वाचन आफ्नो मुद्दासँग जोडिएकाले जनताले साथ दिने आसा गरेको छ ।

राजपाका नेता रामनरेश राय यादवले आफ्नो पार्टीकै कारण प्रदेश नं. २ मा निर्वाचन संभव भएको र अहिले चुनावी माहोल तातेको बताए ।

“हाम्रा कतिपय मुद्दा सरकारले सम्बोधन गरिसकेको छ भने केही बाँकी छन् । निर्वाचन जित्ने आधार भनेको हामी मुद्दाकेन्द्रित छौँ, त्यसैले निर्वाचनको माहोल हाम्रो पक्षमा छ,”–उनले भने ।

संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादवले निर्वाचन माहोल तातेको र सारा जनतामा उत्साह  छाएको बताए ।

प्रदेश नं.२ मा संविधानसभाको निर्वाचनजत्तिकै उत्साह बढेको उल्लेख गर्दै नेता यादवले विगतका मुद्दा र संघर्षशील तथा सशक्त पार्टी भएका कारण जनताको मत आफ्नो पक्षमा आउने दावी गरे ।

लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरी पनि तराईमा चुनावी सरगर्मी बढेको र सबै पार्टीले मत आफ्नो पक्षमा आउने दाबी गरेपनि आफ्नो पार्टीको लामो समयदेखिको मेहनतले जनताले मत दिने बताउँछन् ।

राष्ट्रिय राजनीतिमा संयोजनकारी भूमिका निर्बाह गरेको र तराईका जनताको पक्षमा काम गरेकाले पनि जनताले लोकतान्त्रिक फोरमलाई साथ दिने उनको दाबी छ ।

प्रदेश नं २ का कुल १३६ स्थानीय तहमा निर्वाचन हुन लागेको छ । छहजार छसय पदका लागि ३६ हजार ३१८ उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन् ।  प्रदेशमा जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेका छन् । प्रदेश नं. २ अन्तर्गत आठ जिल्ला – सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्र्सामा निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC