site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिक सिटका लागि एमालेले आयोगमा दल दर्ता गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक सिटका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ । 

पार्टी स्थायी समिति बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सिटका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने संस्थागत निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगले समानुपातिक सिटका लागि मंगलबारसम्म दल दर्ता गराईसक्न दलहरुलाई आह्वान गरेको थियो । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सोमबार मध्यान्ह बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र अनुसारको पार्टीको संगठनात्मक संरचना निर्माण गरेर निर्वाचनको तयारीमा जुटने निर्णय पनि गरेको छ ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र तय भएकाले सोही अनुसार पार्टीको संगठनात्मक संरचना निर्माण गर्ने निर्णय लिइएको पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

Global Ime bank

बैठकमा नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीको विषयमा पनि समीक्षा गरेका थिए । एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि पहिलो शक्ति बन्ने दावी गर्दै आएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC