site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन सुरक्षा समितिको बैठकः मतगणना नसकिएसम्म चुनौती
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्वाचन आयोग सुरक्षा समितिले निर्वाचन सम्पन्न भएर मतगणना नसकिएसम्म चुनौती कायमै रहने निष्कर्ष निकालेको छ । समितिको बैठकमा नेपाली सेनाले बाढीपछि गरेको उद्धार तथा पुनर्निर्माणका बारेमा पनि छलफल भएको थियो ।

कामु प्रधानसेनापति बलदेवराज महतले स्थानीय तह निर्वाचनको लागि सवै सुरक्षा निकायबीच समन्वयात्मक रुपमा काम भैरहेको बताएका थिए ।  आयोगका सचिव बेगेन्द्रराज शर्माले हरेक चुनौती आउन सक्ने भएकाले अहिलेदेखि नै सहकार्य  र समन्वयात्मक रुपमा काम गर्न आग्रह गरेका थिए ।

Agni Group

प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले तराई÷ मधेसमा बाढी, डुवान र कटानकोकारण यातायात अबरुद्ध भई असहज अवस्था रहेको समयमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने परिस्थिति सिर्जना भएको र  नियमित प्रक्रिया र जनशक्तिबाट प्रदेश नम्बर २ को अबरुद्ध यातायात समयमै सुचारु हुन नसक्ने देखी आयोगले नेपाली सेनाको सहयोग लिने सुझावसहित सरकारलाई आग्रह गरेको स्मरण गराएका थिए ।

उनले निर्वाचनमा मतदाता र उम्मेदवारसहित सवैमा सुरक्षाको प्रत्याभूति दिलाई ढुक्क हुने वातावरण बनाउन, उपयुक्त समयसम्म सीमा बन्द गर्न, मतदान केन्द्रमा प्रवेश गर्दा उच्चस्तरिय चेक जाँचको प्रवन्ध मिलाउन र मतदान केन्द्रमा प्रयाप्त उद्धार टोलीको व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

Global Ime bank

प्रमुख निर्वाचन आयुक्त डा. यादवले असोज १ गते विश्वकर्मा पुजा परेको र मतदानको दिन २ गते तराई मधेसमा मूर्ति विसर्जन गर्ने परम्परा रहेको हुँदा सो दिन हुने विसर्जनलाई  समेत ध्यानमा राखि सो कार्यका लागि थप सुरक्षा प्रवन्ध मिलाउन पनि निर्देशन दिएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC