site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पूर्व सांसदहरुलाई पनि राज्यले सुविधा दिनुपर्ने पक्षमा दृढतापूर्वक उभिएको छ । कांग्रेस सांसदहरुले जनताबाट निर्वाचित पूर्व सांसदहरुलाई राज्यले तत्काल सुविधा उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन् । उनीहरुले राज्यले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीको मान्यता नदिएकोमा पनि आपत्ति जनाएका छन् । 

नेपाली कांग्रेसका सचेतक इश्वरी न्यौपानेले जनताको पक्षमा निष्ठापूर्वक काम गरेका पूर्व सांसदहरुलाई राज्यले अपमानजनक व्यवहार गर्न नहुने बताए । उनले पूर्व सांसदहरुको सम्मानका लागि पनि राज्यले तत्काल सुविधा दिनुपर्ने माग गरे । व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको सोमबारको बैठकमा ‘पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक न्यौपानेले पूर्व सांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अव त्यसो गर्न नमिल्ने धारणा राखे । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसकै अर्का सांसद अर्जुनप्रसाद जोशीले पनि निष्ठापूर्वक जनताको सेवा गरेका पूर्व सांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिन सरकारसँग माग गरे । उनले जनताका प्रतिनिधिहरुलाई अव पनि अपमानित गर्ने काम राज्यले गर्न नहुने तर्क पनि गरे । 

यता, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउन सामयिक नहुने टिप्पणी गरे । उनले भूकम्प र बाढिले जनता पीडित भएका बेला राज्यले उनीहरुको सेवालाई उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पारे । 

Global Ime bank

पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपरिषदका अध्यक्ष, प्रधानन्यायाधिश, प्रतिनिधि सभा वा व्यवस्थापिका संसदको सभामुख, राष्ट्रिय सभा वा संविधान सभाको अध्यक्ष भई निवृत भएको व्यक्तिलाई मात्रै पूर्व पदाधिकारीको मान्यता दिइएको छ ।

तर कांग्रेस सांसदहरुले भने जनताको निर्वाचित प्रतिनिधिको रुपमा पूर्व सांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिनु स्वभाविकै हुने तर्क अघि सारेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC