राजनीति
पोखरा । नेकपा माओवादी केन्द्र प्रथम पोखरा–लेखनाथ महानगर सम्मेलनले विश्व प्रकाश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा विनय थापा र कोषाध्यक्षमा जनकराज पराजुलीलाई चयन गरेको छ ।
समितिको एक उपाध्यक्ष र दुई जना सदस्यपछि मनोनित गरिने सचिव विनय थापाले बताए ।
महानगरका ३३ वटै वडाबाट निर्वाचित ८०० प्रतिनिधि सम्मिलित सम्मेलन आइतबार साँझ सकिएको थियो ।
रासस
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४ ११:१३
प्रतिक्रिया दिनुहोस्