site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपेन्द्र यादव भन्छन् –मधेशका लागि ठुला पार्टी उस्तै हुन्, तर एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
Sarbottam CementSarbottam Cement

जनकपुर  । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश र मधेशी जनताहरुको लागि कांग्रेस, एमाले र माओवादी केन्द्र सबै दल उस्तै भएको आरोप लगाएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपाल धनुषा शाखाले जनकपुरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने,“एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरेर गल्ती गरेको छ, हुन त एमालेमात्रै होईन, मधेशका लागि ठूला दलहरुले अहिलेसम्म सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।”

यादवले अघि थपे, “एमाले, कांग्रेस, माओवादी केन्द्र यी तीनै दल मधेशी जनताहरुको लागि उस्तै हुन्, यी पार्टी मधेश विरोधी हुन । सबे पार्टी उस्तै हुन् । मधेशमाथि दमन गरेका छन्, यिनीहरु सरकारमा हुँदा मधेशी जनताको छातीमाथि गोली चलाएकै हुन् ।” 

Global Ime bank

तर अध्यक्ष यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा भोट माग्ने नैतिकता गुमाएको आरोप लगाएका छन् । यादवले भने,“संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भुल गरेको छ, त्यसैले उसले मधेशमा भोट माग्ने नैतिकता नै गुमाएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC