site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१६ नगरपालिकाको जिल्ला रौतहटमा पहिलो हुने सबै पार्टीको दाबी
Sarbottam CementSarbottam Cement

रौतहट । स्थानीय स्तरमा २० वर्षपछि प्रतिनिधि चयन गर्ने अवसर नजिक आउँदा र तीन पटक सरेर असोज २ मा हुन लागेको निर्वाचनमा सहभागी हुन २ नम्बर प्रदेशका मतदाता आतुर छन् । अन्य जिल्लासँगै सबैभन्दा धेरै नगरपालिका भएको रौतहटबासी पनि नयाँ संरचनामा हुन लागेको निर्वाचनमा सहभागी हुन आतुर देखिन्छन् ।

यसअघिको निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जतना पार्टी नेपालसहित सबै राजनीतिक दल निर्वाचनमा होमिएपछि र उमेदवारले आफ्नो एजेण्डा लिएर मैदानमा उत्रिएपछि सबैको ध्यान अहिले दुई नम्बर प्रदेशमा केन्द्रीत भएको छ । चुनावी प्रचारको होडबाजी चलिरहँदा मतदाताले कुन पार्टीले कति सिट जित्छ भन्ने अड्कलबाजी र आँकलन पनि गर्न थालेका छन् । 

त्यसैगरी उमेदवारले धेरै महत्वकांक्षी योजना अगाडि सारेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न पनि उत्तिकै गरेको पाइएको छ । तेस्रो चरणको निर्वाचन हुन गइरहेका ८ जिल्ला मध्ये १६ नगरपालिका र २ गाउँपालिका भएको रौतहटका उमेदवार पनि चुनावी प्रचारमा व्यस्त छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

१६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा १५७ वडाबाट ८ सय २१ जनप्रतिनिधि निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिए । 

उनका अनुसार ८ सय २१ प्रतिनिधिका लागि ४ हजार ५ सय २० जनाको उमेदवारी परेको छ । २७७ मतदान स्थल र ४३४ मतदान केन्द्र रहेको रौतहटमा ३५ दल अस्तित्वमा रहेका छन्  भने ३ लाख २१ हजार १८ मतदाता रहेका छन् । 

Global Ime bank

रौतहटमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक पार्टी लगायत दलको प्रतिस्पर्धा हुने बताइएको छ । 

मुख्य गरे यी दलकै केन्द्रीय नेतादेखि जिल्लास्तरीय नेताले पनि आफ्नो पार्टीले अधिकांश स्थानमा जित हाँसिल गर्ने दाबी गरिरहेका छन् । प्रायः दलको आँकलन र दाबी भने अनुमानका आधारमा आएको पाइन्छ ।

नेपाली कांग्रेस रौतहट जिल्लाका सभापति कृष्ण यादवले ७५ प्रतिशत स्थानीय तह कांग्रेसले जित्ने दाबी गरे । यद्यपी कांग्रेसले रौतहटको सदरमुकामसमेत रहेको गौरमा उमेदवारी दिन सकेको छैन । 

उमेदवारी प्राविधिक कारणले दिन नसकेको बताउने कांग्रेस जिल्ला अध्यक्ष यादवले पार्टीको जिल्लामा राम्रो अवस्थामा रहेको र जनताले विश्वास गर्ने भएकाले अधिकांश तह जित्ने दाबी गरे ।

त्यस्तैगरी एमाले जिल्ला सचिव लक्ष्मण रेग्मीले सबै तहमा एमालेले उमेदवारी दिएको र ५० प्रतिशत तह जित्दै पार्टी पहिलो बन्ने जिकीर गरे । उनले देशभर एमालेकै लहर छाएको र यो देशको रक्षा गर्ने पार्टी पनि यही भएको जनताले विश्वास गरेको बताए । 

“संविधानको विपक्षमा भोट ग¥यो भनेर मधेसमा आक्रोस छैन,” उनले भने, “सर्वहारा जनता र राष्ट्र रक्षाका लागि एमालेले नेतृत्व गरिरहेको छ । अब, जनताले कसको नियत के भन्ने बुझिसकेका छन् ।” 

माओवादी केन्द्रले पनि प्रदेश नं २ मा पहिलो पार्टी बन्ने दाबी गर्दै रौतहटमा समेत अधिकांश स्थानमा जीत हाँसिल गर्ने बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि अहिले २ नम्बर प्रदेशको चुनावी प्रचारमा खटिएका छन् । 

त्यसैगरी राजपाका नेता तथा गौर नगरपलिकाको मेयरका उमेदवार अजय गुप्ताले मधेसी जनताको अधिकारका लागि आफ्नो पार्टीले नेतृत्व गरेका कारण भोटमार्फत मधेसको नेतृत्व गर्ने अवसर दिन आग्रह गरे । उनले रौतहटमा राजपाको राम्रो उपस्थिति रहेको भन्दै धेरै स्थान जित्ने बताए । 

यता संघीय समाजवादी फोरम गौर नगरपालिकाका उमेदवार गौरीशंकर यादवले अधिकार र विकासका लागि पार्टी लागेकाले मत दिएर एजेण्डा बलियो बनाउन आग्रह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC