site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जम्बो रेकर्ड तोडेर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै रेकर्ड तोडेर आज फेरि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । अहिले बिहान ११ बजे ३ मन्त्री र १ राज्यमन्त्रीको सपथ कार्यक्रम तय भएको छ ।
राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका ३ मन्त्री र १ राज्यमन्त्री थप हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार राप्रपा प्रजातान्त्रिकबाट सोमबार विज्ञान तथा प्रविधि मन्त्रीमा दिपक बोहोरा, उद्योग मन्त्रीमा सुनिल थापा र विक्रम पाण्डेले वन मन्त्रीको रुपमा सपथ ग्रहण गर्ने भएका छन् ।
राप्रपा प्रजातान्त्रिकबाटै रेशम लामाले उद्योग राज्यमन्त्रीको सपथ लिने भएका छन् ।
४ जना थपिएपछि देउवा नेतृत्वको सरकार ५४ सदस्यीय हुनेछ ।  यसअघि २०५२ सालमा देउवाले नै ४७ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएका थिए । जुन नेपालको इतिहासमा सबैभन्दा ठूलो थियो । तर त्यसपछि उक्त रेकर्डलाई पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले पनि तोडेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC