site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन बढाइन्छ विद्यालयको शुल्क ?

हरेक वर्ष निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूमा शुल्क बढ्दै गएको छ । उच्चस्तरको पढाइका नाममा यी विद्यालयले धान्नै नसकिने गरी शुल्क बढाएका छन् । हालै सरकारले यस्ता विद्यालयलाई २२-५० प्रतिशतसम्म शुल्क बढाउने अनुमति दिएको छ । तर, के ययसरी विद्यालयको शुल्क बढाउनुको औचित्य पुष्टि हुन सक्छ ? आज म  यसै विषयमा चर्चा गर्छु ।


विद्यालयको शुल्क बढाउनुमा केही सही कारण पनि हुनसक्छन् । शुल्क बढे विद्यालयका शिक्षकहरूको तलब बढ्न सक्छ । हरेक वर्षजसो झन्डै सबै स्कुल / कलेजमा शिक्षकहरूले हड्ताल गरेको देखिन्छ । यस्ता हड्तालले गर्दा वर्षमा निकै दिन विद्यार्थीको पढाइ र समय खेर जान्छ । यस्तो स्थितिबाट विद्यार्थीको प्रगतिमा असर पर्छ । त्यसैले शुल्क बढेर शिक्षकको तलब पनि बढ्यो भने हडताल हुँदैन र पढाइमा बाधा पर्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia


शुल्क बढाउनु पर्ने अरू कारण पनि हुनसक्छन् । सबै सामान र सुविधाको बढ्तो मूल्यले गर्दा विद्यालयको खर्च पनि बढेको छ । भाडामा लिएको भवनको खर्च, पानीको खर्च, खाना पकाउने ग्याँसको खर्च, पेट्रोलको खर्च पनि बढेको हुन्छ । स्कुलहरूमा बिजुलीका बोर्डजस्ता आधुनिक र प्रभावशाली पढाउने यन्त्र र तरिका ल्याउने हो भने पनि पैसा त तिर्नै पर्छ भन्ने तर्क पनि सुनिन्छ । यसैले हो कि शुल्क वृद्धि धान्न कठिन भए पनि अभिभावकहरू सहजै स्वीकार गर्छन् । यसैले शुल्क वृद्धिमा अभिभावक पनि उत्तिकै दोषी छन् । 

स्कुल जति महंगो भयो पढाइ त्यति नै राम्रो हुन्छ भन्ने धारणा धेरैमा छ ।  वास्तविकतामा थोरै शुल्क लिए पनि माथिल्लो स्तरको पढाइ भएका धेरै विद्यलय छन् । समतालगायत केही सामुदायिक शैलीमा चलेका विद्यालय यसका उदाहरण हुन् ।  अभिभावक पनि विद्यालयका बारेमा थप जानकारी नै नलिई आखाँ चिम्लेर पैसा तिर्छन् । शुल्कबाट उठ्ने पैसा कहाँ र कति खर्च हुन्छ भन्ने सोधपुछ गर्न वा बुझ्न चाहँदैनन् । । 

Global Ime bank

स्कुलले हरेक महिना अभिभावकलाई पठाएको बिलको राम्ररी अध्ययन गर्ने हो भने थुप्रै अनावश्यक खर्च पनि विद्यार्थीसँग उठाएको देखिन्छ । एकातिर ट्युसन शुल्क तिराएको छ भने अर्कातिर कम्प्युटर, पुस्तकालय, विज्ञान प्रयोगशालाआदिको पैसा अलग्गै  तिराइएको हुन्छ । अझ स्कुलमा चाहिने पाठ्यपुस्तक पनि विद्यार्थीले नै किन्नु पर्छ । यसमाथि हरेक वर्ष भर्ना शुल्कका रूपमा हजारौँ रुपैयाँ स्कुललाई बुझाउनुपर्छ । एकपटक भर्ना भएपछि हरेक वर्ष उही विद्यालयमा भर्ना शुल्क किन लिने ? यसप्रकारले स्कुलहरुले विभिन्न नाम र निहुँमा हजारौँ रुपैयाँ उठाएर अभिभावकहरू नराम्ररी ठगेका छन् ।


सरकारले शुल्क वृद्धि नियन्त्रण गर्नै नखोजेको त होइन ? पपहिले तीतीन वर्षमा मात्र शुल्क बढाउन मिल्ने नियम बनाइएको थियो तर यसको पालना कसैले पनि गरेनन् ।  नियम कमजोर भएका कारण यो नियम उल्लंघन गर्ने स्कुललाई कार्वाही हुन पनि सकेको छैन । नेपालमा १४ हजार निजी स्कुलमा २० लाख विद्यार्थी पढ्ने अनुमान छ । सरकारले बढ्दो शुल्कको विरुद्ध आवाज उठाए सञ्चालकहरूले उल्टै स्कुल बन्द गर्ने धम्की दिन्छन् ।  सरकारी स्कुलको स्थिति कमजोर भएकाले शिक्षामा सरकार  निजी स्कुलको भरमा परेको छ । त्यसैले त्यस्ता स्कुलले जे भने पनि गर्न र मान्न सरकार तयार छ । 


समग्रमा, स्कुलहरूले शुल्क बढाउन परे पनि एकैपल्ट ५० प्रतिशतसम्म बढाउनु अनुचित र अनावश्यक हो । यसलाई सुधार्न सरकारी स्कुलकै विकास गर्नुपर्छ र निजी स्कुलको पढाइको स्तरसम्म ल्याउनुपर्छ । यसो भयो भने अभिभावकले बिस्तारै छोराछोरीलाई सरकारी स्कुलमा सार्छन् र निजी स्कुलहरू शुल्क घटाउन बाध्य हुन्छन् । यसपछि  सरकार निजी स्कुल सञ्चालकका धम्कीसँग डराउन पनि पर्दैन ।

( रातो बंगला स्कुल, कक्षा ११ का छात्र )

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC