साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सकुन्तला’ भदौ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । ‘सकुन्ताला’मा राजेश हमाल फरक गेटअपमा देखिएका छन् ।
साडी चोलो लगाएर तेस्रोलिंगीको भेषमा प्रस्तुत हुने रोजेश ट्रेलरमा महिला अधिकारका कुरा गर्छन् ।
रोजश तेस्रोलिंगीको गेटअपमा देखिए पनि चलचित्रमा उनी तेस्रोलिंगी चरित्रमा छन् या छैनन् त्यो भने अहिलेसम्म निर्माण पक्षले स्पष्ट पारिसकेको छैन । राजेशको चरिचत्र तेस्रोलिंगीको छ या छैन त्यो भने थाहा पाउन सिनेमा नै हेर्नु पर्ने निर्माण पक्षले बताउँदै आएको छ ।
“म अहिले यो सस्पेन्स खोल्दिन । मेरो चलचित्रको मुख्य पक्ष भनेको नै यही हो,” ‘सकुन्तला’का निर्देशन दिनेश श्रेष्ठले भने,“राजेश दाईको भूमिका तेस्रोलिंगी कै हो या गेटअप मात्रै हो त्यो भदौ ९ गते हलमा नै थाहा हुनेछ ।”
श्रेष्ठको चलचित्र ‘सकुन्तला’मा राजेशसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह, रवी गिरी, प्रदिप ढकाल, राजकुमार थापा, शिब श्रेष्ठ मुख्य भूमिकामा छन् ।
जुलाईको अन्तिममा युट्युवमा अपलोड गरिएको चलचित्रको टे«लर एक लाखपटक सर्च गरिएको छ । ट्रेलर र पोस्टरमा चलचित्र भदौ १० गते रिलिज हुने भनिए पनि ९ गते विदा परेकाले एक दिन अगाडि ९ गते नै रिलिज गर्ने तयारी गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए । चलचित्र निर्माण पक्ष यतिबेला सिनेमाको आक्रमक प्रचारमा छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७३ १७:४७
प्रतिक्रिया दिनुहोस्