site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
यस वर्षको सबैभन्दा निष्ठुरी महिना

महान् कवि टीएस इलियटका लागि ‘अप्रिल सबैभन्दा निष्ठुरी महिना हो । तर, यस वर्ष भने सेप्टेम्बर महिनालाई नै सबैभन्दा निष्ठुर महिनाको संज्ञा दिने योजना गरेकोमा विश्वका नेताहरूलाई माफ गर्न सकिएला । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई नै हेरौँ । दोस्रो चरणको मतदानमा चरम दक्षिणपन्थी नेसनल फ्रन्टकी उमेदवार मेरिन ल पेनविरुद्ध अपेक्षाकृत अपरिचित म्याक्रों धेरैको समर्थनमा विजयी भए । तर, अहिले म्याक्रोंले फ्रान्सको अर्थतन्त्रलाई पुनर्जीवन दिने योजनामा उग्र दक्षिणपन्थी र उग्र वामपन्थी दुवै पक्षबाट चर्को विरोधको सामना गर्नु परेको छ । 

कुनै अवस्थामा पनि लोकप्रिय हुन नसक्ने बजेट कटौती तथा सार्वजनिक क्षेत्रको तलब वृद्धि रोक्काजस्ता कार्यका अतिरिक्त म्याक्रोंले फ्रान्सको श्रम ऐनमा सुधार गर्ने प्रयासमा छन् । यसले राजनीतिक आँधीबेहरी ल्याउने त छँदैछ फ्रेन्च ट्रेड युनियनहरूले सेप्टेम्बरको दोस्रो सातामा आम हडताल गर्ने धम्की पनि दिइसकेका छन् ।  

Agni Group

यसबाहेक म्याक्रोंले सत्तारोहणपछि गरेका गरेका केही निर्णयले पनि उनलाई मुस्किलमा पारेका छन् । उदाहरणका लागि जुलाईमा फ्रान्सको राष्ट्रिय समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भन्ने बुझ्नै सकिँदैन । राष्ट्रपतिबाट यस्तो बादशाही प्रदर्शन पक्कै पनि गल्ती नै हो ।

जे भए पनि, म्याक्रोंले वीरता र कल्पनाशीलता देखाएका छन् र सही काम गर्न कटिबद्ध छन् । अब उनको भलो चिताउनु सबै उदार, युरोपपक्षीय मध्यमार्गीहरूको दायित्व हुन पुगेको छ । 

Global Ime bank

बेलायतमा सेप्टेम्बर महिनामा प्रधानमन्त्री टरिजा मेको ब्रेक्जिटमुखी सरकार र बेलायती जनताले यथार्थको सामना गर्नुपर्नेछ । मे सरकारका वातावरण, खाद्यपदार्थ र ग्रामीण मामिलासम्बन्धी राज्यमन्त्री माइकल गोव युरोपेली युनियनसँग बहिर्गमनसम्बन्धी वार्ता सुरु भएपछि स्टेरिङ बेलायतको हातमा हुनेछ भन्ने गर्थे । तर, भिरबाट खस्न लागेको वाहनको स्टेरिङ हातमा लिन कसैले पनि नरुचाउला । 

हामीले पटकपटक देखेका छौँ ब्रेक्जिट वार्तामा बेलायतको दृष्टिकोण भनेको यस्तो भइदेओस् भनेर चाहने, आपूmले गरेको भद्रगोलबाट निकालिदिन युरोपेली युनियनका नेताहरू झुकिदिउन् भनेर ओहोरदोहोर र अनुनयविनय गर्नेमात्र हो ।

यस्तो दृष्टिकोणमा एकातिर अलमल भइरहेको छ भने अर्कातिर बेलायतको जीवनस्तर खस्कँदै गएको छ । धेरै जना बेलायतीहरू युरोपमा छुट्टी मनाएर फर्केका छन् र उनीहरूले पाउन्डको मूल्य पहिले भन्दा घटेको अनुभव गरे । ब्रेक्जिटको निर्णयभन्दा पहिले एक सय युरोको ७० पाउन्ड हुन्थ्यो भने अहिले ९० पाउन्ड हुन्छ । केही व्यापारीहरूका अनुसार पाउन्डको मूल्य खस्ने क्रम यस हिउँदमा पनि जारी नै रहनेछ युरो र पाउन्डको मूल्य बराबर हुन धेरै समय लाग्नेछैन । सबैभन्दा नराम्रो त बेलायतले आफ्नो सबैभन्दा ठूलो बजार गुमाएर हासिल गरेको भिनएको राजनीतिक लाभ चाहिँ कल्पनामै सीमित रहेको छ । 

संयुक्त राज्य अमेरिकामा ट्रम्पका लागि पनि यो महिना खासै राम्रो होलाजस्तो छैन । आफ्ना रिपब्लिकन मित्रहरूसँगको उनको सम्बन्ध ओरालो लागेको लागेकै छ भने कुनै महत्त्वपूर्ण ऐन पारित गराउने सम्भावना पनि उत्तिकै सम्भावनाहीन देखिन्छ । अफोडेबल केयर एक्ट (ओबामा केयर) खारेज वा त्यसका संशोधन गर्ने प्रयासको विफलताले अरू कर छुटका प्रस्ताव पारित गर्न थप अप्ठेरो बनाएको छ भने अर्को महिनासम्म ट्रम्प प्रशासन र सांसदहरू बजेटमा सहमत हुन नसके अमेरिकी प्रशासन नै ठप्प हुनसक्छ ।  

एकातिर सांसद, सञ्चार माध्यम र अरूप्रति लक्षित ट्रम्पको एकाबिहानैका गालीगलौजवाला ट्विट र अर्कातिर उच्च सल्लाहकार निकाल्ने वा निस्कने क्रमले समस्यालाई थप जटिल बनाएका छन् । उनको प्रशसनको कुनै संगठनात्मक सिद्धान्त भए घुम्ने ढोकाजस्तो होला — एकतिरबाट पसिरहने र अर्कातिरबाट निस्किरहने । ट्रम्पका नयाँ प्रशासन प्रमुख अवकाश फप्त जनरल जेन केलीले अभैm पनि ह्वाइटहाउसलाई अनुशासनमा राख्न सक्थे होलान् तर राष्ट्रपतिलाई अनुशासनमा राख्न असम्भवै छ ।  

यसमाथि ट्रम्पले उग्र धारणा प्रकट गर्न र जनताको भावनालाई उपेक्षा गर्न छिटै छाड्ने लक्षण नभएजस्तै उनको चुनावमा रुसी संलग्नतासम्बन्धी छानबिन पनि छिटै टुंगिने लक्षण छैन । प्रत्येस साता संघीय गुप्तचर विभाग (एफबीआई)का पूर्व निर्देशक रबर्ट म्युलर र व्यावसायिक अभियोक्ताहरू संलग्न उनको टोलीले सत्य ने भए पनि त्यसको निकट पुग्ने क्रम जारी नै रहनेछ । 

सेप्टेम्बरको महिनाले ट्रम्प प्रशासन र चीनबीच चर्को शक्ति परीक्षाको साक्षी बस्नुपर्ने हुनसक्छ । ट्रम्पको संरक्षणवादी सोच र विश्वव्यापीकरणप्रतिको वैर सम्पूर्ण संसारका लागि समानरूपमा लागु हुँदैन । तर, चीन अरू मुलुकभन्दा भिन्न आर्थिक नियमहरू प्रयोग गर्न भन्ने उनको तर्क भने सत्यभन्दा खासै टाढा पनि छैन ।

चीन विश्व व्यापार संगठनमा प्रवेश गर्ने क्रममा २००१ मा भएको वार्तामा चीनका एकजना पूर्व व्यापार मन्त्री ( उनी अहिले भ्रष्टाचारको अभियोगमा कैदमा छन्) मलगायत वार्ताकारहरूलाई भन्थे — तपार्इँहरू हाम्रो कुरा एक इन्च मान्नुस् हामी तपाईँहरूका कुरा एक माइल मान्नेछौँ । तर, अमेरिका र युरोपेली व्यावसायिक अगुवाहरूको प्रतिवेदनका आधारमा भन्ने हो भने यसको ठीक उल्टो भएको छ — हामीले चीनलाई एक माइल दिएका छौँ भने चीनले बदलामा एक इन्च दिएको छ । 

सोझो अर्थमा भन्दा चीन पहिले सहमत भएको नियम पालना गर्दैन । नवागन्तुकका हकमा उसको बजारमा प्रतिस्पर्धाबाट रोक्छ । चीनका इन्टरनेट कम्पनीहरू यसका स्पष्ट उदाहरण हुन् । विदेशी कम्पनीलाई घरेलु बजारमा पहुँच दिँदा वा बौद्धिक सम्पत्ति हस्तान्तरण गर्दा भने चीनका स्थानीय कम्पनीसँग साझेदारी गर्नुपर्ने सर्त हुन्छ । यस्तै भइरहे चीनका साझेदारहरूले अन्ततः बौद्धिक सम्पत्तिको अधिकार गुमाउने हुन्छ ।  

अन्तर्राष्ट्रिय व्यापारका मूल्य तथा नियमहरूप्रति ट्रम्पको इन्कारले प्रशस्त ध्यानाकर्षण भएको छ तर तिनै मूल्य र नियमहरूको चीनले गरेको अवज्ञाप्रति भने कसैले चासो नै लिएको छैन । चीनले आफ्नो व्यवहारमा सुधार गरेन भने चिनियाँहरूलगायत हामी सबै यसबाट पीडित हुनेछौँ ।  

चीनको आर्थिक सफलता संसारको बाँकी भागका लागि खतरा बन्नु आवश्यक छैन तर यो सफलता न्यायोचित आधारमा हासिल हुनु आवश्यक छ । चीनका राष्ट्रपति सी जिनपिङ र उनको पोलिटब्युरोले यही वर्षको हिउँदमा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनभन्दा पहिले नै यसमा प्रतिबद्धताको संकेत गर्नुपर्छ ।

चिनियाँहरूले सेम्टेम्बरभन्दा पहिले नै अन्तर्राष्ट्रिय व्यापार संगठनका मूल्य र नियमहरू पालना गर्ने प्रतिबद्धता प्रकट गरे भने सेप्टेम्बर अलिकति कम निष्ठुर हुनेथियो । 

अक्सफोर्ड विश्वविद्यालयका कुलपति
Copyright: Project Syndicate, 2017.
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC