site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संक्रमणकाल साँच्चै नै कठिन समय हो । किशोरावस्थामा केटाकेटी बहकिने डर बढी हुन्छ । यही समय उनीहरूको व्यक्तित्व विकासका लागि पनि महत्त्वपूर्ण हुन्छ । यसैले किशोरावस्थामा स्वतन्त्रता र संयमको सन्तुलन कायम नभए जिन्दगी बर्बाद हुनसक्छ । संक्रमणकालमा राज्य सञ्चालन गर्नेको पनि विचार पुग्न सकेन भने मुलुकले ठूलै क्षति सहनुपर्ने हुनसक्छ । यही बीचमा सरकारले प्रदेश प्रमुखको नियुक्ति र राजधानी तोक्ने काम छिटै नै गर्ने समाचार सार्वजनिक भएको छ । यी दुवै काममा सरकारले बुद्धि पुर्‍यfउन सकेन भने त्यसको गम्भीर र दूरगामी दुष्परिणाम देशले भोग्नुपर्ने हुनसक्छ । संविधानले प्रदेशको नामाकरण र राजधानी तोक्ने अधिकार प्रदेश सभालाई नै दिएको छ । संविधानको धारा १६३ मा प्रदेश प्रमुख नेपाल सरकारको प्रतिनिधिका रूपमा रहने उल्लेख गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ति गर्ने व्यवस्था छ ।

केही वर्ष यता सरकारले गर्ने राजनीतिक नियुक्तिमा भागबन्डा गर्ने चलन बसेको छ । संवैधानिक परिषद्मात्र हैन न्याय परिषद्को निर्णयसमेत राजनीतिक दलका नेताको भागबन्डामा हुने दुर्भाग्यपूर्ण परम्पराको अपवाद प्रदेश प्रमुखको नियुक्ति पनि नहुनसक्छ । प्रदेश प्रमुख हुनत थपनाको पद हो । संविधानको धारा १६६ अनुसार प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार प्रमुखले कामकाज गर्नुपर्ने हुन्छ । तर, यदाकदा मन्त्रिपरिषद्ले बाटो बिराएमा केन्द्र सरकारको प्रतिनिधिका रूपमा प्रमुखले विवेकको प्रयोग गर्नुपर्ने पनि हुनसक्छ । यसैले प्रदेश प्रमुख नियुक्त गर्दा मन्त्रिपरिषद्ले बढी नै विवेक पुर्‍याउनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा राजनीतिक व्यक्ति राज्यपाल नियुक्त गरिएको रहेछ भने केन्द्र सरकार परिवर्तन भएपछि राज्यपाल पनि हटाउने चलन छ । नेपालमा पनि त्यस्तै प्रयत्न हुनेछैन भनेर ढुक्क हुन सकिँदैन । अहिले सरकारले विवादरहित व्यक्ति छान्न सकेमा भने निजले कार्यकाल पूरा गर्ने सम्भावना हुन्छ । मन्त्रिपरिषद्को आँखा प्रायः सेवा निवृत्त सरकारी कर्मचारी वा राजनीतिक कार्यकर्ताभन्दा बाहिर जाने गरेको देखिँदैन । प्रदेश प्रमुखका निम्ति भने प्रशासनिक जानकारीका साथै राजनीतिक सुझबुझ र लोकतन्त्रप्रतिको प्रतिबद्धता पनि उत्तिकै आवश्यक हुन्छ ।

सरकारले समाजका विभिन्न तह र वर्गमा रहेका इमानदार तथा योग्य व्यक्तिलाई छान्न सकेन भने जनतामा संघीयताप्रति नै वितृष्णा उत्पन्न हुनसक्छ । प्रदेशका मुख्य मन्त्रीका साथै प्रशासकले पनि सम्मान गर्न सक्ने व्यक्तित्व प्रदेश प्रमुख छानिन सके सरकारकै पनि साख बढ्छ । यसैले सरकारले राजनीतिक भागबन्डा गर्ने चलन अन्त्य गरोस् । योग्य र इमानदार व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गरेर संघीयता कार्यान्वयनको थालनी गरोस् । मन्त्रिपरिषद्को अन्तिम उच्च नियुक्ति पनि सायद यही नै होला । यसैले पनि कलंक लाग्ने कार्य नगरोस् ।       

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC