site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चुनावी प्रचारप्रसारमा अपनाइने शैलीले सम्बन्धित राजनीतिक दलको मात्र हैन समाजको पनि परिचय दिन्छ । राजनीतिकरूपमा परिपक्व उमेदवार र पार्टीका कार्यकर्ता चुनाव प्रचारका क्रममा पनि उच्छृंखल चरित्र प्रदर्शन गर्दैनन् । नेपालमा भने भारतका सीमावर्ती क्षेत्रका तुलनामा कमै भए पनि चुनाव प्रचारप्रसार उच्छृंखल र अराजक क्रियाकलाप हुनेगरेका छन् । त्यसमा पनि क्षेत्र नम्बर २ राजनीतिक उच्छृंखलता र असहिष्णुता अपेक्षाकृत बढी देखिएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचारका क्रममा नेपालका ठूला सहरहरूमध्येका वीरगन्ज र जनकपुरमा सामान्य झडप भएका समाचारले हिंसा र अराजकताको सम्भावना उजागर भएको छ । यी दुवै ठाउँमा नेकपा (एमाले)का नेताहरूको कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले अवरोध उत्पन्न गरेको समाचार छ ।

वीरगन्ज र जनकपुर दुवै सहरको नेपालको लोकतान्त्रिक संघर्षमा विशेष भूमिका रहिआएको छ । राणा शासनको विरुद्धमा भएको २००७ को जनक्रान्तिमा नेपाली कांग्रेसले सबैभन्दा पहिले वीरगन्ज कब्जा गरी जनसरकार स्थापना गरेको थियो । पञ्चायतविरुद्धका लोकतान्त्रिक आन्दोलनहरूमा पनि वीरगन्जको महत्त्वपूर्ण योगदान रह्यो । यस्तै, सहिद भूमिका नामले चिनिने जनकपु सचेत  नागरिकहरूको नगरका रूपमा चिनिन्थ्यो । लोकतन्त्रका लागि भएका जनक्रान्ति, आन्दोलन र संघर्षहरूमा जनकपुरवासीको त्याग र योगदान नेपालका अरू नगरहरूको तुलनामा धेरै माथि छ । विडम्बना, नेपाली लोकतन्त्रका यस्ता आधारभूमिमै राजनीतिक दलका नेताले अलोकतान्त्रिक चरित्र र संस्कार प्रदर्शन गरे । चुनाव प्रचारप्रसारमा अवरोध उत्पन्न गर्नेहरूले वीरगन्ज र जनकपुरको इज्जत फालिदिए । यस्तो अधिनायवादी प्रवृत्तिले लोकतन्त्रमै आघात पर्नसक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले एमाले र राजपाका नेता कार्यकर्ता दन्तबझानमा लागेका छन् । अहिलेसम्म भिडन्त पनि मूलतः यी दुई दलकै बीचमा सीमित छ । तर, चुनाव वा अरू कुनै पनि समयमा कसैलाई निषेध गर्न खोजियो भने त्यसको दुष्परिणाम सबैले भोग्नुपर्ने हुन्छ । समाचारअनुसार राजपाका कार्यकर्ताहरू संविधान संशोधनमा असहयोग गर्ने एमालेलाई प्रदेश नम्बर २ मा पस्नै नदिने रणनीतिमा छन् । राजपाले निषेधको रणनीति अपनाएको हो भने उसले पनि त्यसको महँगो मूल्य चुक्ता गर्नुपर्ने हुनसक्छ । त्यसो त एमालेका नेताहरूको प्रचारशैली र अभिव्यक्ति पनि अपेक्षाकृत बढी नै आक्रामक र उत्तेजक हुनेगर्छ । अरू क्षेत्रको निर्वाचनमा पहिलो पार्टी भएपछि त झन् एमाले नेताहरूको अहंकार र तुजुक बढी नै प्रकट हुन थालेको छ । उत्तेजक र आक्रामक शैलीबाट मात्र मतदाता रिझिन्छन् भन्ने मानसिकताका कारण कतिपय अवस्थामा एमाले नेताहरूले मुठभेड निम्त्याउने गरेको देखिएको छ ।

अतः स्थानीय र पछिल्ला दुवै निर्वाचनमा शान्ति कायम राख्न एमाले पनि संयमित र भद्र हुनु आवश्यक देखिन्छ । राजपा र एमालेले देखाएको निषेधात्मक एवं असहिष्णु प्रवृत्ति देशका सबै राजनीतिक दलका नेतामा पाइन्छ । यस्तो प्रवृत्तिले लोकतन्त्र सुदृढ बनाउन सहयोग गर्दैन । जनताले पनि यस्तो उत्तेजक चरित्रलाई एउटा हदसम्ममात्र स्वीकार गर्छन् । यसैले आगामी निर्वाचनहरूलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन राजनीतिक दलका नेताहरूले पनि लोकतान्त्रिक चरित्र अपनाउनु आवश्यक छ । चुनाव प्रचारको प्रारम्भमै देखिएको गुन्डागर्दीले भने उल्टो संकेत गरेको छ । निर्वाचन आयोगलगायत अन्य सरकारी र गैरसरकारी संस्थाहरूले पनि निर्वाचन निष्पक्ष बनाउन आवश्यक तदारुकता देखाउनु जरुरी भइसको छ ।        
 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १४, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC