site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिक अगुवाले मागे अर्थमन्त्री शर्माको राजीनामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नागरिक अगुवाहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्तालाई लिएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सोमबार संयुक्त विज्ञप्ति जारी गरी अर्थ मन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।

उनीहरूले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको पुष्टि गर्नुपर्ने अन्यथा राजीनामा मात्र विकल्प रहेको बताएका छन् । 

“आधारभूत नैतिकतासमेत गुमाएको व्यक्ति मन्त्री पदमा बसिरहँदा त्यो पदको गरिमासमेत खण्डित हुने र सरकारको छवि थप धमिलिने देखिन्छ,” विज्ञप्तिमा उनीहरूले भनेका छन्, “अर्थमन्त्रीको इमानबारे विवाद र बहस भइसकेको अवस्थामा या त अर्थ मन्त्रीले कुनै अकाट्य प्रमाणसहित अनाधिकृत व्यक्तिले बजेट निर्माणमा भूमिका नखेलेको प्रमाणित गर्नुपर्छ । हैन भने तत्काल नैतिकताका आधारमा राजीनामा गर्न माग गर्दर्छौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूले पछिल्लो समय देखिएको आर्थिक तथा न्यायिक अराजकताका विषयमासमेत गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

“हाल सत्तासीन दलका विभिन्न पदाधिकारी र नेताहरूले सिर्जना गरेको आर्थिक तथा न्यायिक अराजकताबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” उनीहरूले भनेका छन्, “यस्ता दण्डहीनता र अराजकता कुनैपनि नेपालीलाई स्वीकार्य हुन सक्दैन ।”

Global Ime bank

संसद्मा प्रतिपक्षले उठाएको छानबिनको मागसमेत सत्तारूढ दलले लत्याएको भन्दै उनीहरूले अर्थमन्त्रीले पनि चित्तबुझ्दो जवाफ दिन नसकेको उल्लेख गरेका छन् । 

“अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको पृष्ठभूमिमा अहिले त्यो समयको सीसीटीभी फुटेज गृह मन्त्रालयले जारी गरेको सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७२ को प्रतिकूल हुनेगरी असमयमै हटाइएको कुरा आएको छ,” विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा सत्तारूढ दलकै शीर्ष नेताहरूले सर्वोच्चको आदेश सम्बोधन नगरेरै निजगढमा विमानस्थल भनिरहेकोप्रति पनि आपत्ति जनाएका छन् । 

“निजगढ भ्रमणमा सत्ता गठबन्धनका नेताहरूले त्यहाँ विमानस्थल बनाउँछौँ भनेको तर सर्वोच्च अदालतले कायम गरेको बन्देज र दिएको आदेश पालना गर्ने कुरा खुलेर भनेका छैनन्, त्यसमा हाम्रो गम्भीर आपत्ति छ,” विज्ञप्तिमार्फत उनीहरूले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC