site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शक्तिकेन्द्रको दबाबले लेखापाल पनि सरुवा गर्न सक्दैनन् आईजीपी !
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरीमा तीन वर्षदेखि लेखापालहरूको सरुवा रोकिएको छ । रोकिनुको कारण भने गृहमन्त्रीदेखि शक्तिकेन्द्रको दबाब हो ।

त्यसो त प्रहरीभित्र लेखापालको सरुवामा ठूलो आर्थिक चलखेल हुने गरेको छ । सरुवा गर्ने निकायमा बसेकाहरूले आर्थिक लेनदेन नगरी सरुवा नै नगर्ने गरेको प्रहरीकै अधिकारीहरू गुनासो गर्छन् ।

Agni Group

चालु आर्थिक वर्षको सुरुवातमै हुनुपर्ने लेखापालहरूको सरुवा शक्तिकेन्द्रको दबाब झेल्न नसक्दा हुन सकेको छैन । लेखापालको सरुवा आईजीपीले गर्न सक्छन् । तर, दबाब झेल्न नसक्दा तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीले लेखापालको सरुवा अवधि पुग्दा पनि सरुवा गर्न सकेनन् । अहिले पनि सरुवा हुने अवस्था छैन ।

लेखापालहरू नै प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै शक्तिकेन्द्र धाउने गरेका छन् । ठूलो बजेट चलाउने स्थानमा सरुवा हुन पाउँदा वर्षमै लाखौँ कमाउन सकिने भएकाले सरुवामा चलखेल हुने गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार को लेखापालले एक कार्यालयमा बढीमा दुई वर्ष काम गर्ने अवसर पाउँछन् । तेस्रो वर्षदेखि भने उनीहरूले बजेट चलाउन पाउँदैनन् । तर, सरुवा गर्न नसक्दा चालु आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट तलब दिन प्रहरी प्रधान कार्यालयले पत्राचार नै गरेको थियो ।

Global Ime bank

नयाँ आर्थिक वर्ष सुरु हुने समय नजिकिँदा पनि सरुवा हुने छाँटकाट छैन । प्रहरीमा असईदेखि इन्सपेक्टर दर्जासम्म लेखापाल छन् । एकपटक लेखासम्बन्धी तालिम गरेपछि ६ वर्षसम्म लेखामै बस्ने व्यवस्था छ । प्रहरी अधिकारीहरूका अनुसार तीन वर्षसम्म लेखापालको सरुवा रोकिएको सम्भवतः यो पहिलो घटना हो ।
लेखापालको सरुवामा समस्या हुन थालेपछि लेखापालको कार्यविधि नै परिवर्तन गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ । तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीकै पालामा कार्यविधि परिवर्तनको चर्चा भए पनि त्यसले पूर्णता पाएको छैन । लेखापालको अवधि ६ वर्षबाट ८ वर्ष राख्ने तयारी प्रहरी प्रधान कार्यालयको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC