site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
अभद्र व्यवहारमा मुछिएकी राज्यमन्त्री वलीले दिइन् राजीनामा
फाइल तस्बिर ।
SkywellSkywell

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले बुधबार पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामापत्र मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

गएको जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । छानबिन समितिलाई सघाउन उनले राजीनामा दिएको लुम्बिनी सरकारका प्रवक्ता एवं छानबिन समितिका संयोजक मन्त्री तिलकराम शर्मालाई उदृत गर्दै घर्तीले जनाए ।

Dabur Nepal
NIC Asia

श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा परी मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ‘ख’मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी उनले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro