site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनको ग्वाङ्सीमा भारी वर्षा, बाढीबाट ३७ हजारभन्दा बढी प्रभावित
तस्बिर : चाइना डेली ।
Ghorahi CementGhorahi Cement

नानिङ । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका स्थानीय अधिकारीहरूले शनिबार जनाएका छन् ।

ग्वाङ्सीले यस वर्षको वर्षा ऋतुमा ६ पटक भारी वर्षाको अनुभव गरेको छ । यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रेकर्डभन्दा १.६ गुणा बढी हो ।

Agni Group

प्रेस विज्ञप्तिमा भनिएको छ, “बाढी, पहिरो र वर्षाका कारण आएको विपत्तिले तीन हजार ४३६ घरहरू डुबानमा परेको र एक लाख ५९ हजार ३०० हेक्टर कृषियोग्य जमिनको क्षेत्रफलमा क्षति पुगेको छ ।”

प्रत्यक्ष आर्थिक नोक्सानी १२.४८ अर्ब युआन (लगभग १.८६ अर्ब अमेरिकी डलर)भन्दा बढी भइसकेको छ । यस क्षेत्रका एक अधिकारीका अनुसार ग्वाङ्सीमा यस वर्ष अझै धेरै भारी वर्षा र आँधी आउन सक्ने पूर्वानुमान गरिएको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC