site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कसैसँग एकता गरिँदैन : कमल थापा
Sarbottam CementSarbottam Cement

धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसित एकता नगरिने बताएका छन् ।

राप्रपाबाट छुट्टिएर अलग दलको संगठन विस्तारमा रहेका उनले अरूसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार कैलालीको धनगढीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टीभित्रको गलत वैचारिक प्रवृत्ति, विकृति र विसंगति समाधानको प्रयास गर्न खोज्दा सुझाव नमानेपछि अलग दल स्थापना गरेको जिकिर गरे ।

ठूला पार्टीहरूमा वैचारिक विचलन देखापरेको आरोप समेत उनले लगाए । “साम्यवाद, समाजवाद र पुँजीवाद दर्शन हावी हुँदा ठूला दलहरूको विचारमा विचलन आएको छ,” उनले भने, “साम्यवाद, समाजवाद, पुँजीवादको विकल्पमा सम्वर्द्धनवादको दर्शनलाई पार्टीले अघि बढाउनेछ ।”

Global Ime bank

उनले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद्बाट निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने पुनः दोहोर्‍याए । केन्द्रमा बलियो सरकार र स्थानीय तहलाई मजबुत बनाउनुपर्ने पनि दोहोर्‍याए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC