site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जयरानीको अर्को कीर्तिमान
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न ४०० मिटर हर्डल्सतर्फको प्रतिस्पर्धामा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त स्पर्धामा जयरानीले निर्धारित दूरी एक मिनेट ७.२ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको एक मिनेट ७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।

Agni Group

पहिलो दिन शुक्रबार जयरानीले १०० मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि, उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो ।

शुक्रबारै आर्मीका जीवन थारुले पुरुष ११० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए ।

Global Ime bank

यता, ४०० मिटर हर्डल्सको पुरुषतर्फ आर्मीका रामबहादुर थारुले स्वर्णपदक जिते । थारुले ५५.९ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन् । ५६.७ सकेन्डमा दूरी पार गर्दै आर्मीकै जीवन थारुले रजत जित्दा मदेश प्रदेशका मुकेह ठाकुरले ६५.१ सेकेन्डका साथ कास्यपदक जिते ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC