site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपत्यकामा १९ सहित देशभर २७ संक्रमित थपिए, १६ निको
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८०२ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २७ जनाको नतिजा पोजिटिभ आएको हो । ९३७ नमुनाको पीसीआर परीक्षण गर्दा २३ र ८६५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो ।

Agni Group

यो अवधिमा काठमाडौं उपत्यकामा मात्र १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १३, भक्तपुरमा एक र ललितपुरमा पाँच संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

Global Ime bank

पछिल्लो २४ घण्टामा देशभर १६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ३७२ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC